IME Life New

जीवन विकास लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १५.५७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तले ९४ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वष्र्ढाको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी २८.०४ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७४ करोड ४ लाख थियो ।

Esewa
Crest

लघुवित्तको कुल सञ्चालन आम्दानी १२.०४ प्रतिशत र सञ्चालन मुनाफा १५.५७ प्रतिशत बढेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा ७२ करोड ६४ लाख रुपैयाँ रहेको छ।

१ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब १३ करोड ८ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ११ अर्ब १८ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ११ पैसा बढेर ३० रुपैयाँ ४९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.६० गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ८० पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS