IME Life New

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्नो ३८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ। यसअघिको ३७ औँ वार्षिक साधारणसभामा समेत सञ्चालकको निर्वाचन तालिका राखिएकोमा सर्वोच्च अदालतको आदेशमा उक्त निर्वाचन प्रक्रिया स्थगितत भएको थियो।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

गत आर्थिक वर्षका लागि बैंकले शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव पनि गरेको छैन। यसको अर्थ शेयरधनीहरुको हात रित्तै हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS