IME Life New

‘सिटिजन्स म्युचुअल फन्ड-१’ परिपक्व हुँदै, सूचीकरण खारेजी गर्न नेप्सेलाई आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सिटिजन्स म्युचुअल फन्ड–१’ आउँदो फागुन १९ गते परिपक्व हुने भएको छ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले नेपाल स्टक एक्चेन्ज (नेप्से)मा एउटा सूचना पठाउँदै उक्त योजना परिपक्व हुन लागेको जानकारी गराएको हो। फागुन १९ गते परिपक्व भएपछि उक्त योजनाको सूचीकरण खारेजी गरिदिन पनि क्यापिटलले नेप्सेलाई आग्रह गरेको छ।

Esewa
Crest

सामूहिक लगानी कोष नियमावली, २०७६ मा रहेको व्यवस्थाअनुसार कुनै पनि योजना परिपक्व हुनुभन्दा एक महिनाअगाडि सूचीकरण खारेजीका लागि नेप्सेमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ।

परिपक्व हुन लागेको यो सातवर्षे बन्दमुखी योजना हो। यसको १० रुपैयाँ अंकित दरका कुल ८ करोड २० लाख इकाइ नेप्सेमा सूचीकृत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS