IME Life New

बैंकहरुबाट ४ खर्ब बढी आवासीय व्यक्तिगत घर कर्जा प्रवाह, रियल स्टेटमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा आवासीय व्यक्तिगत घर कर्जाको माग बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको तथ्यांकले यस्तो कर्जाको माग बढेको देखाएको हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिना मंसिरसम्म बैंक तथा वित्तीय संस्थाबाट ४ खर्ब २ अर्ब १७ करोड ११ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष पुससम्म ३ खर्ब ८० अर्ब ८६ करोड ६८ लाख रुपैयाँ यस्तो कर्जा भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा ५.५९ प्रतिशतले बढेको छ।

Esewa
Crest

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट यस्तो कर्जा २ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।

उता घरजग्गा (रियल स्टेट) कर्जा पनि बढेको छ। बैंकहरुबाट चालु आर्थिक वर्षको पुससम्म २ खर्ब ७३ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुबाट २ खर्ब ४५ अर्ब ३ करोड २१ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा घरजग्गा कर्जा ११.७० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS