IME Life New

कुमारी बैंकको साधारणसभा आज हुँदै, के-के छन् एजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा आज माघ २१ गते गर्ने भएको छ । सभा काठमाडौंको टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि गर्ने जनाएको छ । बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्यूरिटिज लिमिटेडको गत आवको वित्तीय विवरण लगायतका प्रस्ताव पारित गर्नेछ।

बैंकले साधारणसभा प्रयोजनका लागि माघ ११ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ १० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS