IME Life New

सानिमा फ्लेक्सी फन्डका इकाइहरु फागुन ६ बाट बिक्री खुला गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सी फन्ड’का इकाइहरु आउँदो फागुन ६ गतेबाट बिक्री खुला गरिने भएको छ।

प्रथम चरणमा यो खुलामुखी म्युचुअल फन्डको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये ४० प्रतिशतले हुन आउने ४ करोड इकाइ बिक्री खुला गरिने भएको हो। निष्कासन गरिने इकाइमध्ये योजनाको कुल आकारको १३ प्रतिशतले हुन आउने १ करोड ३० लाख इकाइ कोष प्रवर्द्धक सानिमा बैंक र २ प्रतिशतले हुन आउने २० लाख इकाइ योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्याइएको छ।

Esewa
Crest

बाँकी ८ करोड ५० लाख इकाइमध्ये पहिलो चरणमा २ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यो म्युचुअल फन्डका इकाइ खरिदका लागि फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताबाट मागबमोजिम आवेदन नपरेको खण्डमा यो म्युचुअलका इकाइहरुको बिक्री खुला फागुन २० गतेसम्म थप गरिनेछ।

लगानीकर्ताले खरिद आवेदन दिन न्यूनतम १०० इकाइ र अधिकतममा ४० लाख इकाइका लागि दिनुपर्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले यो म्युचुअल फन्डका इकाइ बिक्रीका लागि गत माघ २ गते अनुमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS