काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४२ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ११ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा २८०.८३ प्रतिशतको बढोत्तरी भएको छ।
समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा भने ७३.२४ प्रतिशतले घटेर ५९ लाख १८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ करोड २१ लाख रुपैयाँमा सीमित थियो।
दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी ३३ करोड ४७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी ३९ करोड ९३ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानी १६.१८ कम हो।
समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा १ करोड ६९ लाख रुपैयाँ रहेको छ। यो हिसाबले दोस्रो त्रैमाससम्म कम्पनीले ०.९७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर १३.३७ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल १३.७६ प्रतिशत थियो।
चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा १ करोड ६९ लाख रुपैयाँ र रिजर्भमा ८० करोड ८४ लाख रुपैयाँ छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ६ करोड रुपैयाँ र रिजर्भमा ७६ करोड १८ लाख रुपैयाँ रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा रिटेन्ट अर्निङ घटेको छ भने रिजर्भको आकार बढेको छ।
समीक्षा वर्षसम्म संस्थाले १५ अर्ब ७३ करोड ६० लाख रुपैयाँ सापटी लिएर १६ अर्ब ३० करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा संस्थाले १५ अर्ब १३ करोड २६ लाख रुपैयाँ सापटी लिएर १५ अर्ब ४१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ०.४० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ०.१३ रुपैयाँ थियो। पीई रेसियो १३७३.३० गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ।

















