IME Life New

ऋणमा डुबेका दाजुले बीमाको १ करोड पाउन निर्ममतापूर्वक गरे बहिनीको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशस्थितत प्रकाशम जिल्लामा एक घरजग्गा व्यवसायी सम्बन्धविच्छेद र सन्तान नभएकी बहिनीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। ती अभियुक्तले बीमाको भारु १ करोड हत्याउने नियतले यो जघन्य अपराध गरेको खुलेको छ।

स्थानीय प्रहरीका अनुसार आरोपी मालापती अशोक कुमार (३०) ले २०२४ फेब्रुअरी २ गते पोडिलीस्थित पेट्रोलपम्प नजिक बहिनीको हत्या गरेका थिए। गत मंगलबार प्रहरीले यस विषयमा खुलासा गरेको हो।

Esewa
Crest

कुमार ऋणमा डुबेकाले बहिनीको नाममा विभिन्न कम्पनीबाट भारु १ करोडको बीमा पोलिसी लिएका थिए। त्यसपछि उनले आफ्नी बहिनीको हत्या गरी दुर्घटना जस्तो देखाउने षड्यन्त्र गरे। ता कि आफूले बीमाको पैसा पाउन सकून्।

घटना भएको दिन कुमारले आफ्नी बहिनीलाई अस्पताल देखाउने बहानामा कारमा ओंगोल लगेका थिए। फर्किने क्रममा उनले बहिनीलाई निद्राको चक्की खुवाए र त्यसपछि घाँटी थिचेर उनको हत्या गरे। अनि उनले हत्यालाई सडक दुर्घटना जस्तो देखाउन खोजे।

प्रहरीले कुमारविरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) को धारा १२० (बी) (षड्यन्त्र), ३०२ (हत्या) र २०१ (प्रमाण नष्ट गर्ने) अन्तर्गत मुद्दा दर्ता गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%
happy

खुसी

22%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

56%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS