IME Life New

लघुवित्त संस्थाका ग्राहकको हित संरक्षणका लागि के-के छन् व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका ग्राहकको हित संरक्षणका लागि विभिन्न व्यवस्था कायम गरेको छ।

केन्द्रीय बैंकले गत पुस २३ गते लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ जारी गरेको थियो। सोही मार्गदर्शनमार्फत राष्ट्र लघुवित्त संस्थाका ग्राहकको हित संरक्षणका लागि विभिन्न व्यवस्था कायम गरेको हो।

Esewa
Crest

यस्ता छन् लघुवित्तका ग्राहकको हित संरक्षणसम्बन्धी व्यवस्था

  • संस्थाले कर्जाको प्रडक्ट पेपरमा अनिवार्य रुपमा नेपाली भाषा र आवश्यकताअनुसार स्थानीय भाषामा समेत ब्याजदर, सेवाशुल्क, कर्जा भुक्तानी अवधि, कर्जाका सर्तहरुलगायतका सूचना सार्वजनिक जानकारीका लागि सहज रुपमा उपलब्ध गराउनुपर्दछ।
  • काबुबाहिरको परिस्थितिले गर्दा ऋण भुक्तानी गर्न समस्यामा परेका ऋणीहरु पहिचान गर्न र त्यस्ता ऋणीको पुनरुत्थान गर्न संस्थाले कार्यविधि तयार गरी वा प्रणालीको विकास गरी सोको कार्यान्वयन गर्नुपर्दछ।
  • सम्बन्धित ऋणी तथा सदस्यहरुबाट पूर्ण विवरण भरिएको तमसुक तथा कागजातबाहेक अन्य कुनै पनि खाली कागजातहरुमा हस्ताक्षर गराउनु वा गराई राख्नु हुँदैन।
  • कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवाशुल्कबाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचतका रुपमा राख्नु हुँदैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS