IME Life New

६ महिनामा रु. २ खर्ब ३७ अर्बले बढ्यो राष्ट्र बैंकको सम्पत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। चालु आर्थिक वर्षको पछिलो अर्धवार्षिक अवधिमा नेपाल राष्ट्र बैंकको सम्पत्ति २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँले बढेको छ। राष्ट्र बैंकको कुल सम्पत्ति चालु आर्थिक वर्षको ६ महिनामा बढेर २३ खर्ब ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो।

गत असार मसान्तमा केन्द्रीय बैंकको सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड रुपैयाँ रहेको थियो। राष्ट्र बैंकले यो अवधिमा विदेशी ऋणपत्र, विदेशी बैंकमा राखेको निक्षेप र सुनको प्रमाणपत्रमा लगानी बढाएको छ। गत असारमा ११ खर्ब २७ अर्ब ७४ करोड रुपैयाँ रहेको विदेशी ऋणपत्रको लगानी पुस मसान्तमा आउँदा १२ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

Esewa
Crest

विदेशी बैंकको आवाधिक निक्षेप ५ खर्ब ९८ अर्ब ५१ करोड रुपैयाँबाट बढाएर ६ खर्ब ९१ अर्ब ९७ करोड रुपैयाँ पुर्याएको हो। त्यस्तै सुनको प्रमाणपत्रको लगानी गत असार मसान्तमा ८३ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा पुस मसान्तमा आउँदा बढेर ९५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको विदेशी मुद्राको सम्पत्ति २२ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ र स्वदेशी मुद्राको सम्पत्ति १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ छ। राष्ट्र बैंकले नेपाल सरकारको ऋणपत्रमा २३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ। पुस मसान्तमा आउँदा राष्ट्र बैंकको सञ्चित नाफा तथा जगेडा ८ अर्ब ३५ करोड रुपैयाँले बढेर ६२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

गत असारको तुलनामा पुस मसान्तामा चलनचल्तीको पैसा भने बढेको छ। चाडपर्वको समयमा नगदको रुपमा बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा प्रणालीमा आउन समय लाग्दा चलनचल्तिमा रहेको पैसा बढेको हो। गत असार मसान्तमा ६ खर्ब ८० अर्ब रहेको चलनचल्तीको पैसा पुस मसान्तमा करिब ७ खर्ब १७ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS