IME Life New

नबिल र ग्लोबल आइएमई बैंकमध्ये महत्वपूर्ण सूचकमा को तगडा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल र ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनःचुक्तापुँजीः नबिलको चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमईको चुक्तापुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ।

जगेडा कोषः नबिलको जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ र ग्लोबल आइएमईको जगेडा कोषमा २३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।

Esewa
Crest

रिटेन्ड अर्निङः नबिलको रिटेन्ड अर्निङमा १ अर्ब ८९ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमईको रिटेन्ड अर्निङमा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।

निक्षेप र कर्जाः नबिलले ४ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ग्लोबल आइएमईले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीः नबिलले ७ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा ग्लोबल आइएमईले ८ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

सञ्चालन नाफाः नबिलले ५ अर्ब १७ करोड रुपैयाँ सञ्चालन नाफा गरेकोमा ग्लोबल आइएमईले ४ अर्ब २० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ।

खुद मुनाफाः नबिलले ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेकोमा ग्लोबल आइएमईले ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ।

किताबी मूल्यः नबिलको किताबी मूल्य २१९.०१ रुपैयाँ छ भने ग्लोबल आइएमईको किताबी मूल्य १६९.५८ रुपैयाँ छ।

वार्षिक प्रतिशेयर आम्दानीः वित्तीय विवरणको आधारमा नबिलको वार्षिक प्रतिशेयर आम्दानी २३.९८ रुपैयाँ छ भने ग्लोबल आइएमईको वार्षिक प्रतिशेयर आम्दानी १६.०२ रुपैयाँ छ।

खराब कर्जाः नबिलको खराब कर्जा ४.९३ प्रतिशत हुँदा ग्लोबल आइएमईको खराब कर्जा ४.८६ प्रतिशत छ।

(नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको विश्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला। माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS