IME Life New

झनै चुलियो बैंकहरुको खराब कर्जा, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा झनै चुलिएको छ। खराब कर्जा चुलिँदा बैंकहरुको वित्तीय स्वास्थ्यमा दबाब सिर्जना भएको छ।

आज सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) बढेर ३.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष औसत खराब कर्जा ३.०२ प्रतिशत थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको खराब कर्जा २८.१५ प्रतिशतले बढेको छ।

Esewa
Crest

बैंकहरुको खराब कर्जा ७ प्रतिशत नजिकसम्म पुगेको छ। चालु आर्थिक वर्षको पुससम्म कुमारी बैंकको सबैभन्दा धेरै खराब कर्जा देखिएको छ। यो बैंकको खराब कर्जा ६.९६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खराब कर्जा ४.९७ प्रतिशत थियो।

दोस्रो धेरै खराब कर्जा लक्ष्मी सनराइज बैंकको थियो। अघिल्लो वर्ष पुससम्म ४.६७ प्रतिशत रहेकोमा समीक्षा अवधिसम्म बढेर ५.६७ प्रतिशत पुगेको छ।

तेस्रोमा प्रभु बैंकको धेरै खराब कर्जा रहेको छ। समीक्षा अवधिसम्म प्रभु बैंकको ५.०६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खराब कर्जा ४.९० प्रतिशत थियो।

चालु आर्थिक वर्षको पुसम्म ९ वटा बैंकको खराब कर्जा ४ प्रतिशत माथि रहेको छ भने २ वटा ३ प्रतिशतभन्दा माथि रहेको छ।

यसैगरी ५ वटा बैंकको खराब कर्जा १ प्रतिशतभन्दा माथि रहेको छ। सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको रहेको छ। यो बैंकको ०.६६ प्रतिशत मात्र खराब कर्जा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS