काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा सिद्धार्थ होटल बाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ५१ः४९ कायम गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।