IME Life New

रुसी तेलमा अमेरिकी प्रतिबन्धबीच राहातको संकेत, घट्न सक्छ इन्धनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाले रुसी तेलमा लगाएको प्रतिबन्धका बाबजुद राहातको संकेत मिलेको छ।

अमेरिकाले रुसको दुई ठूला तेल कम्पनी गाज्प्रोम नेफ्ट र सुर्गुटनेफ्टग्यासका साथै रुसी कच्चा तेल लैजाने १८३ वटा जहाजमा प्रतिबन्ध लगाएको छ। यसले भारतमा कच्चा तेलको आपूर्तिलाई लिएर चिन्ता बढाएको छ।

Esewa
Crest

वैश्विक तनाव र अमेरिकासहित अन्य तेल उत्पादक देशहरुबाट भइरहेको ओभरसप्लाईको अवस्थाले भारतलाई कच्चा तेलको आपूर्तिमा चुनौती बढ्ने सम्भावना कम देखिएको छ। ओभरसप्लाईका कारण विश्व बजारमा कच्चा तेलको मूल्य अझै तल आउने अनुमान गरिएको छ। अहिले कच्चा तेलको मूल्य प्रतिब्यारल ८० डलर माथि रहेको छ।

अमेरिकाले युक्रेन युद्धबीच रुसलाई चुनौती दिन गत शुक्रबार रुसी तेल कम्पनी र जहाजहरुमा प्रतिबन्ध लगाएको हो। प्रतिबन्धित अधिकांश जहाज रुसबाट तेल लिएर भारत र चीन जाने छन्।

भारतले अमेरिकाले लगाएको प्रतिबन्ध तेल आपूर्ति २ महिनासम्म कुनै समस्या नहुने प्रस्ट पारिसकेको छ। किनकि २ महिनाका लागि पुग्ने तेल भारतले भण्डारण गरिसकेको छ।

यसबीच रुसबाट भारतमा कच्चा तेल ल्याउन नयाँ तरिका सुझ्न सक्छ। रुसले पनि नयाँ तरिका अपनाउन सक्छ।

यूएस इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनको अनुमान छ कि सन् २०२५ कच्चा तेलको औसत मूल्य प्रतिब्यारल ७४ डलरसम्म हुने अनुमान गरेको छ। सन् २०२६ मा प्रतिब्यारल ६६ डलरमा झर्ने प्रक्षेपण पनि गरिएको छ।

एडमिनिस्ट्रेसनले सन् २०२५ सम्म विश्वमा तेलको उत्पादन १०.४४ करोड ब्यारल प्रतिदिन पुग्न सक्ने अनुमान गरेको छ। तर, विश्वमा तेलको माग प्रतिदिन १०.४१ करोड ब्यारल रहेको छ।

यसबीच ओपेक देशहरुका तर्फबाट तेलको आपूर्ति घट्न सक्ने तर अमेरिकासहित ननओपेक देशहरुको उत्पादन र आपूर्ति पनि बढ्ने जानकारहरु बताउँछन्। यसले आगामी वर्षहरुमा कच्चा तेलको मूल्यमा गिरावट आउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS