IME Life New

विश्वको जुनसुकै ठाउँमा एआई वेबसाइट बनाउँदा यो देशमा बर्सिन्छ पैसा, रोचक छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चर्चा विश्वभर भइरहेको छ । सन् २०२३ मा एआईका बारेमा जुन चर्चा चुलियो, त्यो अझै कायमै छ । एकातिर विश्वमा एआईको आगमनले मानिसको जागिर संकटमा पर्ने कुरा उठिरहेको छ भने अर्कोतिर एआईकै कारण एउटा देशले करोडौँ रकम आम्दानी गरिरहेको छ । हामी क्यारिबियन देश एंगुइलाको कुरा गर्दैछौँ।

च्याटजीपीटीको सुरुआतपछि एआई विश्वमा द्रुत विकास भइरहेको छ। धेरै कम्पनीहरुका लागि एआई डिजिटल सुनजस्तै भएको छ। यसका कारण डटएआई (.ai) एड्रेसको प्रयोग पनि उल्लेखनीय रुपमा बढेको छ। यो एड्रेसका कारणले गर्दा ब्रिटिस टेरिटेरी एंगुइलाले मनग्य कमाइरहेको छ।

Esewa
Crest

यो देशले कसरी कमाउँछ ?

वास्तवमा एंगुइलालाई .ai इन्टरनेट एड्रेस सन् १९९० मा दिइएको थियो। अहिले यही कारणले त्यो देशले पैसा कमाइरहेको छ ।

त्यसो त कुनै डोमेन एड्रेसबाट त्यो वेबसाइटको क्षेत्र थाहा हुन्छ। उदाहरणका लागि .np एड्रेस भएका वेबसाइटहरु नेपालमा प्रयोग गरिन्छ। त्यस्तै .ai एंगुुइलामा प्रयोग गरिन्छ।

पछिल्ला केही वर्षमा एआईको विकास तीव्र गतिमा भइरहेको छ । यसमा काम गर्ने कम्पनीहरुले .ai एड्रेसहरु प्रयोग गर्छन्। उदाहरणका लागि जब google.ai वेबसाइट खोलिन्छ। गुगलको एआई सेवाहरु देखिन्छन्।

डोमेन दर्ता गर्न तिर्नुपर्छ पैसा

अर्कोतर्फ Grok AI च्याटबोट X.ai एड्रेसमा उपलब्ध छ। त्यस्तै, Perplexity सर्च इन्जिनले पनि .ai वेब एड्रेस प्रयोग गर्दछ। एंगुइलाले .ai एड्रेसका साथ वेब डोमेन दर्ता गरेर पैसा कमाउँछ। सन् २०२३ मा यो देशले .ai वेब एड्रेस डोमेनको दर्ताबाट ३ करोड ३० डलर कमाएको थियो।

एंगुइलाको कुल राजस्वको झन्डै २० प्रतिशत यस एआई डोमेन रजिस्ट्रेसनबाट आइरहेको छ। जुन एआईको चर्चा चुलिनुअघि मात्र ५ प्रतिशत थियो। एंगुइलाको सरकार gov.ai होमपेज प्रयोग गर्दछ। एंगुइलाले कुनै पनि .ai एड्रेसको दर्ता र नवीकरणमा पैसा कमाउँछ। यो देश मात्र ९१ वर्गकिलोमिटरमा फैलिएको छ। जनसंख्या करिब १६ हजार मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS