IME Life New

भारतीय जीवन बीमा क्षेत्रमा ठूलो उथलपुथल, पहिलोपटक एलआईसीलाई उछिन्यो यो कम्पनीले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआईसी भारतको सबैभन्दा ठूलो बीमा कम्पनी हो। तर, पहिलोपटक एसबीआई लाइफ इन्स्योरेन्सले रेगुलर प्रिमियम पोलिसीको मामिलामा एलआईसीलाई उछिनेको छ।

डिसेम्बरमा एसबीआई लाइफको प्रिमियम एलआईसीको भन्दा बढी देखिएको छ। एसबीआई लाइफले नयाँ व्यक्तिगत गैरएकल प्रिमियम पोलिसीबाट भारु ३४ अर्ब १६ करोड उठाएको छ। जुन अघिल्लो वर्षको डिसेम्बरभन्दा १६.७ प्रतिशतले बढी हो।

Esewa
Crest

अर्कोतर्फ यस सेगमेन्टमा एलआईसीको संकलन अघिल्लो वर्षको डिसेम्बरको तुलनामा समीक्षा अवधिमा १५ प्रतिशतले प्रिमियम घटेको छ। अघिल्लो वर्ष डिसेम्बर एलआईसीले भारु ३१ अर्ब ११ करोड प्रिमियम संकलन गरेकोमा समीक्षा अवधिमा घटेर भारु २६ अर्ब २८ करोडमा सीमित बनेको छ।

डिसेम्बरमा एलआईसीको प्रिमियम अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले घटेर भारु २ खर्ब २९ अर्ब ८१ करोडमा खुम्चिएको छ। सबैभन्दा ठूलो गिरावट सिंगल प्रिमियम पोलिसीमा आएको छ। जुन अघिल्लो वर्ष भारु १ खर्ब ७६ अर्ब १ करोडबाट झरेर ८१ अर्ब ९१ करोडमा सीमित बनेको छ।

यसका बाबजुद एलआईसीले डिसेम्बर २०२४ मा भारु १ खर्ब ३५ अर्ब २३ करोडको कुल नयाँ व्यापार प्रिमियमका साथ सबैभन्दा ठूलो कम्पनीका रुपमा आफ्नो नेतृत्व कायम राखेको छ। जुन यो सेग्मेन्टको भारु ३ खर्ब २ अर्ब १८ करोड कुल प्रिमियममा एलआईसीको हिस्सा ४४ प्रतिशत रहेको छ।

एसबीआई लाइफको प्रिमियम वृद्धि डिसेम्बरमा पनि जारी रहेको छ। गत महिना डिसेम्बरमा कम्पनीले १५ प्रतिशतको बढोत्तरीका साथ भारु ५३ अर्ब ७ करोड प्रिमियम संकलन गरेको छ। जुन कुल बजारको १७.५ हिस्सा हो।

अप्रिलदेखि डिसेम्बरसम्म एसबीआई लाइफले ९.५ प्रतिशत बजार हिस्सा बढाएको छ। त्यस्तै एचडीएफसी लाइफको ८.२ प्रतिशत र आईसीआईसीआई प्रुडेन्सियल लाइफको ५.५ प्रतिशतभन्दा बढी हो।

भारतको सम्पूर्ण जीवन बीमा उद्योगको प्रिमियम संकलनमा डिसेम्बर २०२३ को तुलनामा डिसेम्बर २०२४ मा २१ प्रतिशत गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS