IME Life New

सहकारीले प्राथमिक पुँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न पाउने, ऋणको सीमा तोकियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहकारी संस्थाहरुले प्राथमिक पुँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न पाउने व्यवस्था ल्याउन लागिएको छ।

नेपाल राष्ट्र बैंकले तयार पारेको ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्ड’ मस्यौदामा यस्तो प्रस्ताव गरेको हो। यो मस्यौदाले कानुनी रुप लिएपछि सहकारी संस्थाले प्राथमिक पुँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न पाउनेछन्। संस्थाले सदस्यहरुबाट मात्र बचत संकलन गर्न सक्ने प्रस्ताव पनि मस्यौदामा गरिएको छ।

Esewa
Crest

यसैगरी सहकारी संस्थाले बैंक तथा वित्तीय संस्थाबाट कुल सम्पत्तिको ५ प्रतिशतसम्म वा पुँजी कोषको बढीमा १०० प्रतिशतसम्म (जुन कम हुन्छ, त्यो सीमासम्म) ऋण लिन सक्ने प्रस्ताव मस्यौदामा गरिएको छ।

त्यस्तै सहकारी संस्थाको कार्यक्षेत्रबमोजिम बचत संकलनको सीमा पनि मस्यौदामा तोकिएको छ। जसअनुसार एक जिल्ला कार्यक्षेत्र भएका सहकारीले सदस्यबाट अधिकतम १० लाख रुपैयाँ, एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भएका सहकारीले अधिकतम २५ लाख रुपैयाँ र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएका सहकारीले अधिकतम ५० लाख रुपैयाँ बचत संकलन गर्न पाउनेछन्।

मस्यौदामा २०८१ पुस १४ गतेअघि कायम रहेको बचतको हकमा सो समितिबाट २ वर्षभित्र सीमाभित्र ल्याइसक्नुपर्ने प्रस्ताव गरिएको छ।

केन्द्रीय बैंकले प्रस्तावित मस्यौदामा रायसुझाव माघ मसान्तसम्म लिखित वा ई–मेलमार्फत उपलब्ध गराउन सरोकारवालालाई सबैलाई आग्रह गरेको छ।

SACCOS-Nirdeshan-tatha-Mapdanda_2081

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS