IME Life New

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्रको प्रयोगमा राष्ट्र बैंकको थप स्पष्टोक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्रको प्रयोगमा थप स्पष्टोक्ति दिएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोगबारे थप स्पष्ट पारेको हो। नेपला सरकारबाट २०८१ असार १० गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनामा २०८१ माघ १ गतेदेखि बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोग गर्नुपर्ने उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन आवश्यक रहेको सूचनामा उल्लेख छ।

Esewa
Crest

यसैगरी राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था गरेको जानकारी प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ। ‘यसका साथै काठमाडौं उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर (कार्यालय)मार्फत समेत त्यस्तो परिचयपत्र प्रदान हुँदै आएको छ’, सूचनामा भनिएको छ, ‘यो कार्यलाई सहजीकरण गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सिटिजन पोर्टलबाट राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्थासमेत गरेको छ।’

उक्त पोर्टलमार्फत राष्ट्रिय परिचयपत्रको नम्बर जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिइसकेको सूचनामा स्पष्ट पारिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS