IME Life New

सिलवालविरूद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्न विशेष अदालतको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश जारी गरेको छ।

सिलवालविरूद्धको मुद्दामा मंगलबारको सुनुवाईका क्रममा विशेष अदालतका न्यायाधीशद्वय राम बहादुर थापा र मुरारी बाबु श्रेष्ठको संयुक्त इजलाशले साक्षी बुझ्ने आदेश जारी गरेको हो। अदालतको आदेशसँगै अब मुद्दाका साक्षीलाई अख्तियारले विशेष अदालत समक्ष बकपत्र गराउनेछ।

Esewa
Crest

सिलवालविरूद्धको मुद्दामा उनीमाथि लगाइएको अभियोगको सम्परिक्षण र सत्यता जाँच गर्न अदालतले न्यायाधिशको उपस्थितिमा साक्षीको बकपत्र गराउँछ। बकपत्रका क्रममा मुद्दाको साक्षी बनाइएकाहरूबाट अभियोग पत्रमा समावेश गरिएको जानकारी वा तथ्य सही भए नभएको जाँच गर्ने प्रयास अदालतको हुन्छ।

चार वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशको मुखैमा रहेका बेला सिलवाल विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उमेर ढाँटेको, हुँदै नपाएको ओहदा पाएको भनी दाबी गरेर भ्रष्टाचार गरेको लगायतको अभियोग सहित गत मंसिर २४ गते विशेष अदातलमा मुद्दा दायर गरेको हो।

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएलगत्तै सिलवाल निलम्बनमा परेका हुन् । उनको निलम्बन पछि सरकारले अर्थ मन्त्रालयका सह सचिव मदन कुमार दाहाललाई प्राधिकरण अध्यक्षको जिम्मा दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS