IME Life New

लघुवित्तका कर्मचारीको पारिश्रमिक अब श्रम ऐन अनुरुप, नियुक्ति र पदोन्नतिमा यस्ता प्रावधान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुका कर्मचारीको पारिश्रमिक र काम गर्ने समय अब श्रम ऐन, २०७४ अनुरुप कायम हुने भएको छ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई ‘सञ्चालन मार्गदर्शन, २०८१’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। मार्गदर्शअनुसार अब लघुवित्तका कर्मचारीको न्यूनतम पारिश्रमिक एवम् काम गर्ने समय श्रम ऐन अनुरुप कायम गर्नुपर्दछ। यसका साथै संस्थाले श्रम मापदण्डका सम्बन्धमा रहेका अन्तर्राष्ट्रिय अभ्यासलाई समेत अवलम्बन गरी कर्मचारीको हक, हित तथा सुविधाको व्यवस्था गर्ने पद्धतिको विकास गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।

Esewa
Crest

संस्थाले कर्मचारीको नियुक्ति, तालिम, पदोन्नति, कारबाहीलगायतका विषयमा प्रस्ट रुपमा कार्यविधि वा प्रणालीको विकास गरी उक्त कार्यविधि वा प्रणालीको प्रभावकारी कार्यान्वयन मार्गदर्शनमा व्यवस्था गरिएको छ। संस्थामा उच्च तहका (शाखा व्यवस्थापक÷प्रबन्धक वा सोभन्दा माथि) कर्मचारी भर्ना गर्दा उक्त कर्मचारीको कार्य इतिहास एवं आचरणको अनिवार्य रुपमा विश्लेषण गरेरमात्र नियुक्ति गर्ने पद्धतिको विकास गर्नुपर्नेछ।

व्यवस्थापकीय तहका कर्मचारीहरुलाई स्पष्ट कार्यविवरण उपलब्ध गराई कम्तीमा अर्धवार्षिक रुपमा कार्यसम्पादन मूल्याङ्कन गर्ने व्यवस्था कर्मचारी विनियमावलीमा हुनुपर्दछ। संस्थाले कर्मचारीको छनौट, सरुवा, बढुवा तथा पदस्थापन गर्दा तालिमलगायत सर्टिफिकेसन कोर्स लिएको भए त्यस्तो विशेष योग्यतालाई समेत आधारका रुपमा लिने पद्धतिको विकास गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।

लघुवित्त संस्थाले कर्मचारीको वृत्तिविकासका लागि उपयुक्त तालिम, कार्यअनुभवका एवं कार्यक्षमताका आधारमा पदोन्नति÷जिम्मेवारी दिने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्ने व्यवस्था गरिएको छ। नयाँ कर्मचारीलाई अनिवार्य रुपमा लघुवित्तको आधारभूत सिद्धान्त, कार्यप्रणालीलगायतका विषयसम्बन्धीे तालिम प्रदान गरेरमात्र कार्यमा खटाउनुपर्ने मागदर्शनमा प्रावधान रहेको छ।

कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धि गर्न आन्तरिक तालिमलाई समेत प्रवर्द्धन तथा कर्मचारीलाई कर्जा विश्लेषण, कर्जा सदुपयोगिता अनुगमन, कर्जा असुली एवं ग्राहक सेवाका सम्बन्धमा अनुशरण गर्नुपर्ने व्यवहारका सम्बन्धी तालिम प्रदान गर्नुपर्दछ र तालिमको प्रभावकारिता मापन गर्ने विधिको विकास गरी कार्यान्वयनमा ल्याउनुपर्ने मार्गदर्शनमा उल्लेख छ।

संस्थाले कर्मचारी आचारसंहिता बनाई लिखित रुपमा सम्पूर्ण कर्मचारीलाई जानकारी गराई सो विषयमा अभिमुखीकरण गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS