IME Life New

लघुवित्तका ऋणी ग्राहकलाई ‘लोन कार्ड’ र ‘पास बुक’ अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणी ग्राहकलाई अब ‘लोन कार्ड’ र ‘पास बुक’ अनिवार्य गरिएको छ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई ‘सञ्चालन मार्गदर्शन, २०८१’ जारी गर्दै यस्तो अनिवार्यता गरेको हो। लघुवित्त संस्थाले ऋणी ग्राहकलाई लोन कार्ड र पास बुक उपलब्ध गराउँदै तिनमा विभिन्न सूचना उपलब्ध गराउनुपर्नेछ।

Esewa
Crest

त्यस्ता कार्डमा कर्जाको साँवा रकम, सहज रुपमा बुझिने गरी ब्याजदर सम्बन्धित सूचना जस्तै– वार्षिक ब्याजदर तथा सेवा शुल्क, १ वर्षभन्दा कम अवधिको कर्जाको हकमा मासिक ब्याज रकम तथा कर्जा स्वीकृत मिति, भुक्तानी मिति र किस्ता संख्या उल्लेख गर्नुपर्नेछ।

ग्राहकलाई उपलब्ध गराइने कार्डमा कर्जा भुक्तानीको ग्रेस अवधि, विलम्ब शुल्क तथा भुक्तानी विलम्ब भएमा लाग्ने पेनाल ब्याज, बीमाशुल्क र गुनासो समाधान प्रणालीको विस्तृत विवरण (सोसँग सम्बन्धित कर्मचारीको नाम र फोन नम्बर) उल्लेख गर्नुपर्नेछ।

यसका साथै ऋणीहरुको कारोबार नियमित रुपमा उक्त पासबुकमा समेत प्रविष्टि गर्ने व्यवस्था मिलाउनुपर्दछ।

यसैगरी लघुवित्त संस्थाले समूह सदस्यहरुलाई वित्तीय साक्षरता एवं लघुउद्यम तथा व्यवसायसम्बन्धी तालिमपश्चात मात्र कर्जा प्रवाह गर्नुपर्ने मार्गदर्शनमा प्रावधान रहेको छ। ग्राहकलाई नियमित रुपमा उपलब्ध गराउने सेवासम्बन्धी जानकारी वा सूचनामा प्रयोग गर्ने भाषा सरल र स्पष्ट हुनुपर्दछ।

कुनै ग्राहकको कर्जा आवेदन स्वीकृत गर्न वा कर्जा प्रवाह गर्न नसकिने अवस्थामा लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई सोको जानकारी गराउनुपर्दछ। ग्राहकको वित्तीय साक्षरता एवम सीप अभिवृद्वि गर्ने कार्यक्रम नियमित रुपमा सञ्चालन गर्ने पद्धतिको विकास गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS