IME Life New

अमेरिकामा भारी हिमपात, सात राज्यमा आपतकाल घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा आएको भारी हिमपातका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन्। सात राज्यमा आपतकाल घोषणा गरिएको छ।

केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी र मिसौरी राज्यले आपतकाल घोषणा गरेका छन्। हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन्। स्थानीय प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ। भारी हिमपातले अमेरिकामा हजारौँ उडान रद्द गरिएका छन्। शिक्षण संस्था पनि बन्द गरिएका छन्।

Esewa
Crest

अमेरिकामा भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ। कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित छन्। आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिमपात भएको छ। कान्सासका अधिकारी ब्रायन प्लाटले भने, ‘पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिमपात देखेको छैन।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार अमेरिकाको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको छ। मौसमविद्हरु भन्छन्, ‘खराब मौसमका कारण ध्रुवीय भोर्टेक्स (आर्कटिक वरपर चिसो हावाको प्रवाह) हो।’

वाङिटन डीसी र फिलाडेल्फियालगायत धेरै ठूला सहरमा भारी हिमपात हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि खराब मौसमबाट राहत हुने जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS