IME Life New

चीनमा फेरी महामारी फैलिएको अपवाह किन फैलाउँदैछन् भारतीय मिडिया ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियाली छिमेकी मुलुक चीनमा कोरोना महामारी देखा परेको पाँच वर्षपछि पुनः अर्को महामारी फैलिएकाले स्वास्थ्य संकटकाल घोषणा गरिएको दाबी गर्दै भारतीय आम सञ्चार गृहले खबर प्रकाशन गरिरहेका छन् । पश्चिमा देशका सञ्चार गृहले पनि यही आशयका समाचार प्रकाशन गरेका छन् ।

सञ्चारमाध्यमहरूमा व्यापकरूपमा फैलिने समाचारको सत्यता परख गर्ने र्‍यापलर डट कमले महामारी फैलिएर आपतकाल घोषणा गरिएको खबर झूठो भएको तथ्य प्रकाशमा ल्याएको छ।

Esewa
Crest

तथ्यहरू:

न त चिनियाँ स्वास्थ्य अधिकारी न त विश्व स्वास्थ्य संगठनले चीनमा त्यस्तो कुनै प्रकोप वा सार्वजनिक स्वास्थ्य संकटकालको पुष्टी गरेका छन्। देशमा संकटकालीन अवस्थाको घोषणाको बारेमा सरकारी एजेन्सीहरू वा विश्वसनीय स्रोतबाट कुनै रिपोर्ट वा बयान पनि दिइएको छैन।

अप्रमाणित अन्तर्राष्ट्रिय स्वास्थ्य चिन्ता:

जनवरी ३ मा, फिलिपिन्सको स्वास्थ्य विभागले कथित अन्तर्राष्ट्रिय स्वास्थ्य चिन्ताको बारेमा अप्रमाणित दाबीलाई खण्डन गर्दै एक सुझाव(एडभाइजरी) जारी गर्‍यो। विभागले विशेष रोग वा देशको नाम लिएन, तर चीनमा नयाँ महामारी फैलिएको दाबी गर्दै सामाजिक सञ्जालमा फैलिएका पोस्टहरूको बीचमा यो एडभाइजरी जारी गरिएको थियो।

“विश्वसनीय स्रोतले हाल कथित अन्तर्राष्ट्रिय स्वास्थ्य चिन्ताको बारेमा सामाजिक सञ्जालमा फैलिएका पोस्टलाई समर्थन गर्दैनन्,” विभागले भन्यो। विभागले सकृय रूपमा सबै जानकारी प्रमाणित गरिरहेको छ र फिलिपिन्सका जनतालाई अद्यावधिक राख्नेछ। कृपया शंकास्पद वेबसाइट वा अनलाइन स्रोतहरू साझा नगर्नुहोस् भन्दै आफ्ना नागरिकलाई अनुरोध गरेको छ।

एजेन्सीले भन्यो कि फिलिपिन्सको रोग निगरानी प्रणालीले कथित स्वास्थ्य चिन्ताको बारेमा समयमै र सही अद्यावधिकहरू निगरानी गर्न र ल्याउन विश्व स्वास्थ्य संगठनसँग नजिकबाट काम गरिरहेको छ।

यसैबीच, मनिलास्थित चिनियाँ दूतावासले चीनमा नयाँ महामारीको दाबीलाई “नक्कली समाचार” भन्ने प्रतिकृया दिएको छ।

फ्लूको मौसम:

हालैका रिपोर्टहरूले जाडोमा चीनमा श्वासप्रश्वाससम्बन्धी रोगहरूमा वृद्धि भएको उल्लेख गरेको छ,एचएमपिभीका बिरामीहरू बढ्दो छन्। चीनको राष्ट्रिय सञ्चार रोग नियन्त्रण तथा रोकथाम संस्थानका अधिकारी कान बियाओले उल्लेख गरेका छन् कि, कोभिड १९ को फैलावट अहिले न्यून स्तरमा छ,तर अझै पनि निगरानी भइरहेको छ।

स्वास्थ्य अधिकारीहरूले भनेका छन् कि फ्लूको मौसम जनवरी महिनामा चरम सीमामा पुग्ने अपेक्षा गरिएको छ।

रोयटर्सको रिपोर्ट अनुसार, चीनले अज्ञात उत्पत्तिको निमोनियाको लागि अनुगमन प्रणालीको परीक्षण गरिरहेको छ। यो पहलले रोग नियन्त्रणको लागि देशको तयारी बढाउन खोजेको छ,कोरोना महामारीको प्रकोपको नियन्त्रणमा भएका कमजोरीलाई सम्बोधन गर्दै।

आपतकालीन अवस्थाको घोषणा:

चीनमा, आपतकालीन अवस्था घोषणा गर्ने अधिकार मुख्यतया दुई संस्थामा निहित : राष्ट्रिय जन कांग्रेस स्थायी समिति र राज्य परिषद्। स्थायी समितिसँग सम्पूर्ण देश वा विशिष्ट प्रान्तीय-स्तरका क्षेत्रको लागि आपतकालीन अवस्था घोषणा गर्ने अधिकार छ। यो अधिकार २००४ मा चिनियाँ संविधानमा संशोधन पछि स्थापित भएको थियो । यसको उद्देश्य सार्वजनिक स्वास्थ्य संकटहरू सहित विभिन्न आपतकालीन अवस्थाको प्रतिकृया दिन कानूनी रूपरेखा प्रदान गर्नु थियो।

अर्कोतर्फ, राज्य परिषद्ले प्रान्तीय-स्तरीय क्षेत्रहरू भित्रका विशिष्ट क्षेत्रहरूमा सीमित आपतकालीन अवस्था घोषणा गर्न सक्छ।

यसैबीच, यो विश्व स्वास्थ्य संगठन, जसले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालीन घोषणा गर्छ। यो घोषणा संगठन महानिर्देशकले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको सल्लाह, वैज्ञानिक विज्ञहरू, राज्य पक्षहरूद्वारा प्रदान गरिएको जानकारी, र मानव स्वास्थ्यमा जोखिम, रोगको अन्तर्राष्ट्रिय फैलावटको जोखिम, र अन्तर्राष्ट्रिय यात्रामा हस्तक्षेपको जोखिमको मूल्याङ्कनको आधारमा गर्छन् ।

यसैबीच चीनस्थित अमेरिकी दूतावासले ३० डिसेम्बरमा प्रेज्ञ विज्ञप्ति जारी गर्दै चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना महामारीको अध्ययनका लागि माग गर्दै आएको तथ्यांक र जानकारीहरू साझा गर्न अनुरोध गरेको थियो। विज्ञप्तीमा भनिएको छ,यो एक नैतिक र वैज्ञानिक अनिवार्यता हो। देशहरू बीच पारदर्शिता, साझेदारी र सहयोग बिना, विश्वले भविष्यमा हुने महामारी र महामारीलाई पर्याप्त रूपमा रोक्न र तयारी गर्न सक्दैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS