IME Life New

लक्ष्मी सनराइज बैंकको देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौं वार्षिक डिजिटल डिसेम्बरअभियान अन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरू बारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप जोड दिएको छ ।

सो कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारीता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासहरु बारे विविध समूहका सहभागीहरुलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको थियो। यी छलफलहरू देशका सातैवटा प्रदेशका प्रमुख सहरहरूमा निम्न मितिहरुमा सम्पन्न गरिएका थिएः

Esewa
Crest

पोखरा, गण्डकी प्रदेशः ११ डिसेम्बर २०२४
सुर्खेत, कर्णाली प्रदेशः १३ डिसेम्बर २०२४
इटहरी, कोशी प्रदेशः १८ डिसेम्बर २०२४
जनकपुर, मधेश प्रदेशः२० डिसेम्बर २०२४
हेटौंडा, बागमती प्रदेशः २३ डिसेम्बर २०२४
धनगढी, सुदूरपश्चिम प्रदेशः २४ डिसेम्बर २०२४
भैरहवा, लुम्बिनी प्रदेशः२७ डिसेम्बर २०२४
काठमाडौं उपत्यकाः २९ डिसेम्बर २०२४

प्रत्येक कार्यक्रमहरूमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको मुख्य सम्बोधन साथै नेपाल प्रहरी, स्थानिय जनप्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्ग समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी र स्थानीय समुदायका प्रतिनिधिहरू लगायतका विभिन्न क्षेत्रबाट प्यानलमा समावेश रहेका थिए ।

यी कार्यक्रमहरूमा विद्यार्थी, युवा, कर्मचारी, उद्यमी, व्यापारीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढी सहभागीहरू उपस्थित थिए ।

देशका विभिन्न समुदायहरूलाई डिजिटल साक्षरता मार्फत वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यका साथै डिजिटल बैंकिङको प्रयोगलाई प्रोत्साहन गर्न सो कार्यक्रामहरुमा निम्न प्रकारका विविध विषयहरु समेटिएको थियो:
वित्तीय डिजिटल साक्षरता
डिजिटल बैंकिङले जीवनस्तरमा गर्न सक्ने सुधार
अर्थतन्त्र र व्यापक पारिस्थितिक प्रणालीमा डिजितल बैँकिङ्गको फाइदा
नेपालमा सेवा क्षेत्रको डिजिटाइजेशन परिदृश्य
नेपालमा डिजिटल बैंकिङको वर्तमान अवस्था
डिजिटल बैंकिङका चुनौतीहरू ९सुरक्षा, जोखिम, ठगीका प्रकार र समाधानहरू
नेपालमा डिजिटाइजेशन र डिजिटल बैंकिङको भविष्य

प्रविधि, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा ध्यान केन्द्रित गर्दै यस अभियानले व्यक्ति तथा व्यवसायीहरूलाई डिजिटल बैंकिङको प्रयोग गर्न विश्वस्त बनाउने प्रयास गरेको छ। विभिन्न सरोकारवालाहरु लाई सहभागी बनाई चुनौतीहरूको समाधान गर्दै लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रमले डिजिटल रूपमा साक्षर सशक्त नेपाल निर्माण गर्ने आधारको थालनी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS