IME Life New

गरिमाको पहिलो म्युचुअल फन्डमा लगानीकर्ताको आकर्षण, डेढ गुणाले ओभरसब्सक्राइब्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’मा लगानीकर्ता आकर्षित भएको देखिएको छ।

यस योजनाका इकाइहरु बिक्री खुला गरिएको ४ दिनमै डेढ गुणा बढीले ओभरसब्सक्राब्ड भएको छ। यही पुस ७ गतेदेखि ११ गतेसम्म यस योजनाका १ अर्ब रुपैयाँबराबरको अर्थात १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिएको थियो।

Esewa
Crest

सीडीएससीको पुस ११ गते साँझ ५ बजेसम्मको तथ्यांकअनुसार लगानीकर्ताले १ अर्ब ४२ करोड ३५ लाख ३३ हजार रुपैयाँबराबरको अर्थात १४ करोड २३ लाख ५३ हजार ३०० इकाइ खरिदका लागि आवेदन दिएका छन्। यो हिसाबले यस योजनाका इकाइहरु १.४२ गुणाले ओभरसब्सक्राइड भएको छ।

कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ संख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र १० लाख इकाइ योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटललाई सुरक्षित गरिएको थियो। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधरणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

यो १० वर्षे बन्दमुखी योजना हो। यो योजनाका सम्पूर्ण इकाइ ४ कार्यदिनभित्रै बिक्री गर्न सफल भएकोमा कोष प्रवर्द्ध गरिमा विकास बैंक र योजना व्यवस्थापक गरिमा क्यापिलले लगानीकर्ता, नियमनकारी नियामक, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था सबैलाई आभर व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS