IME Life New

गरिमा समृद्धि योजनामा मागभन्दा बढी आवेदन, कतिले भरे ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’मा मागभन्दा बढी इकाइ खरिदका लागि आवेदन परेको छ।

यस योजनाका १ अर्ब रुपैयाँबराबरको अर्थात १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिएको छ। सीडीएससीको आज बिहानको तथ्यांकअनुसार लगानीकर्ताले १ अर्ब ९ करोड ८० लाख ७७ हजार २०० रुपैयाँबराबरको अर्थात १० करोड ९८ लाख ७ हजार ७२० इकाइ खरिदका लागि आवेदन दिएका छन्। यो हिसाबले यस योजनाका इकाइहरु १.१ गुणाले ओभरसब्सक्राइड भएको छ।

Crest

योजना व्यवस्थापक गरिमा क्यापिलले यही पुस ७ गतेबाट सर्वसाधारणका लागि यस योजनाका इकाइहरु बिक्री खुला गरेको छ। यो योजनामा लगानीकर्ताहरुले भोलि (पुस ११ गते)सम्म आवेदन दिन पाउनेछन्।

कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ संख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र १० लाख इकाइ योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधरणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइ र अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो १० वर्षे बन्दमुखी योजना हो। यस योजनाको कोष प्रवर्द्धकमा गरिमा विकास बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS