IME Life New

शिवम सिमेन्टको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्टले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हा। जसमा ८.५५ प्रतिशतले हुन आउने ४२ करोड ९८ लाख ८ हजार ५०० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशतले हुन आउने २ करोड २६ लाख २१ हजार ५०० रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले यही पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको सिटी हलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गत बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS