IME Life New

क्यानडामा ३ वर्षयताकै उच्च बेरोजगारी दर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यानडामा ३ वर्षयताकै उच्च बेरोजगारी दर पुगेको छ। गत नोभेम्बरमा क्यानडामा बेरोजगारी दर बढेर ६.८ प्रतिशत पुगेको छ। जुन २०२१ यताकै उच्च हो।

पछिल्लो २ वर्षमा क्यानडाको बेरोजगारी दरमा १.८ प्रतिशतले बढेको छ। युवा बेरोजगारी दर पनि ४.६ प्रतिशतले बढेर १३.९ प्रतिशत पुगेको छ।

Esewa
Crest

यसैबीच बैंक अफ क्यानडाले नीतिगत ब्याजदर ५० बेसिस प्वइन्टले कटौती गरेको छ। योसँगै यस वर्ष क्यानडाले पाँचपटक ब्याजदर कटौती गरिसकेको छ।

क्यानडाको अर्थतन्त्रमा पछिल्लो ६ त्रैमासिकदेखि गिरावट आइरहेको छ। विज्ञहरुले क्यानडा मन्दीतर्फ उन्मुख रहेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS