IME Life New

देशको वर्तमान आर्थिक अवस्थालाई मुख्य सूचकबाट हेरौँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक सूचकहरुबाट हेर्दा देशको वर्तमान अवस्था सुधारोन्मुख देखिन्छ। यद्यपि, अर्थतन्त्र सुस्त नै रहेको छ। उद्योग–व्यवसायमा शिथिलतासँगै बैंक तथा वित्तीय संस्थामा कर्जाको माग नबढ्नु र पुरानो कर्जाको साँवा–ब्याज उठाउन सकस पर्नुले आर्थिक गतिविधि सुस्त बनेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्मको तथ्यांकले आर्थिक सूचकहरु सकारात्मक रहेको देखाउँछ। २०८१ कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.३८ प्रतिशत थियो। महँगी क्रमशः घटिरहेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ।

Esewa
Crest

यसैगरी चालु आर्थिक वर्षको ४ महिनामा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई रु. ५२ अर्ब ६७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले कमी आएको थियो। यो ४ महिनामा कुल वस्तु आयात ०.२ प्रतिशतले पनि वृद्धि भई रु.५१३ अर्ब ३९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.८ प्रतिशतले कमी आएको थियो।

यसैगरी कात्तिकसम्म कुल वस्तु व्यापार घाटामा ०.३ प्रतिशतले कमी आई रु.४६० अर्ब ७२ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ३.३ प्रतिशतले कमी आएको थियो।

समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भई रु. ५ खर्ब २१ अर्ब ६३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो।

समीक्षा अवधिमा चालु खाता रु. १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ९७ अर्ब १० करोडले बचतमा रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा रु.१५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा रहेको थियो।

२०८१ असार मसान्तमा रु. २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भई २०८१ कात्तिक मसान्तमा रु.२२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ।

चालु आर्थिक वर्षको ४ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS