IME Life New

भारतीय बजारमा अब शेयर बेचेकै दिन खातामा पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारमा लगानीकर्ताका लागि खुसीको खबर आएको छ। अब शेयर बिक्री गरेपछि सोही दिन खातामा पैसा आउनेछ।

आगामी महिना जनवरीदेखि भारतीय शेयर बजारका लगानीकर्ताले यो सुविधा पाउने भएका छन्। हालसम्म खातामा पैसा आउन एक दिन (वर्किङ डे) लाग्छ। नयाँ सुविधा सुरु भएसँगै लगानीकर्ताले आफ्नो पैसा पाउन १–२ दिन कुर्नुपर्दैन।

Esewa
Crest

भारतीय शेयर बजार नियामक सेबीले भर्खरै एउटा परिपत्र जारी गरेको छ। परिपत्रमा वैकल्पिक टी प्लस जिरो सेटलमेन्ट अब शीर्ष ५०० स्टकका लागि उपलब्ध हुनेछ। परिपत्रका अनुसार यो निर्णय आउँदो जनवरी ३१ देखि लागू हुनेछ।

सेबीको यो कदमलाई बजारको सेटलमेन्ट साइकललाई गति दिनका लागि केन्द्रित रहेको छ। हाल टी प्लस वान सेटलमेन्ट प्रचलनमा छ। वैकल्पिक टी प्लस जिरो सेटलमेन्ट कारोबार दिनमै हुनेछ। हाल टी प्लस जिरोका लागि २५ स्टक उपलब्ध गराइएको छ।

सेबीले देशभर एउटा सर्वेक्षण गर्नेछ। यस सर्वेक्षणको उद्देश्य धेरैभन्दा धेरै लगानीकर्तालाई शेयर बजारसँग जोड्नु हो। यसका साथसाथै जोखिमबारे चेतना अभिवृद्धि गरी प्रणालीमा रहेका त्रुटिलाई हटाउनु सेबीको उद्देश्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS