IME Life New

दुई लाख ग्रामीण महिला एजेण्ट नियुक्त गर्न भारू ८ अर्ब खर्चिंदै एलआइसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा निगम(एलआइसी)ले आगामी तीन वर्षमा २ लाख ग्रामीण महिला अभिकर्ता बीमा सखी भर्ती गर्ने भएको छ। सन् २०४७ सम्ममा सबै भारतीयका लागि बीमा अभियानको लक्ष्य पुरा गर्न सरकारी स्वामित्वको यो जीवन बीमकले यस्तो घोषणा गरेको हो।

एलआइसीका अनुसार यो योजना अन्तर्गत यस वर्ष २५ हजार र बाँकी क्रमशः नियुक्त गर्दै तीन वर्षमा २ लाख ग्रामीण महिला अभिकर्ता नियुक्त गरिनेछ।

Esewa
Crest

प्रेस ट्रस्ट अफ इन्डिया अनुसार एलअाइसीले माध्यमीक विद्यालय तह(१० कक्षा) उतीर्ण १८ देखि ७० वर्ष उमेरका ग्रामीण महिलालाई लक्षित गर्दै यो योजना लागू गरेको हो ।यस कार्यक्रमले दुर्गम क्षेत्रमा एलआईसीको पहुँच बिस्तार गर्दै महिलामा वित्तीय स्वतन्त्रतालाई बढावा दिने अपेक्षा गरिएको छ।

महिलालाई वित्तीय साक्षरता र बीमा जागरूकता प्रवर्द्धन गर्न पहिलो तीन वर्षको लागि विशेष प्रशिक्षण र छात्रवृत्ति प्राप्त हुनेछ। यस योजना अन्तर्गत, महिला एजेन्टहरूले पहिलो वर्ष प्रति महिना भारू ७ हजार, दोस्रो वर्ष ६ हजार र तेस्रो वर्षमा भारू ५ हजार प्रति महिना भत्ता पनि पाउनेछन्। यस बाहेक उनीहरूलाई कमिशन समेत दिइनेछ।। प्रत्येक बीमा सखीले कमिशन आर्जन गर्न प्रत्येक महिना दुई व्यक्ति वा वर्षमा २४ जना व्यक्तिको बीमा गर्नुपर्नेछ।

एलअाइसीले यो योजनाको सफलताको कार्यान्वयनबाट कुल खर्चको ५ गुणा नयाँ व्यापार प्राप्त हुने अपेक्षा गरेको छ।

एलआईसीका प्रबन्ध निर्देशक तथा सीईओ सिद्धार्थ मोहन्तीले बीमा कम्पनीले भत्तामा वार्षिक  भारू ८ अर्ब ४० करोडसम्म खर्च गर्ने योजना रहेको बताए । मोहन्तीले थपे, “बीमा सखीले हाम्रो खर्चको पाँच गुणा नयाँ व्यापार जुटाउने अपेक्षा गरिएको छ। त्यसैले हामी आशा गर्छौं कि उनीहरूले पहिलो वर्षमा भारू ४० अर्बको नयाँ व्यापार ल्याउन सक्छन्।”

बीमा सखिलाइ परिचालन गर्नुपूर्व स्थानीय शाखा कार्यालयमा तालिममा सहभागि गराइनेछ । तालिम सम्पन्न भएपछि उनीहरू एलअाइसीका अाधिकारिक अभिकर्ताको रूपमा नियुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS