IME Life New

म्यानेजरले रू. ६२ हजारको मासु खाएपनि कर्जा नदिएपछि किसानद्वारा आत्मदाहको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको छत्तीसगढ राज्य अन्तर्गतको एउटा गाउँमा कुखुरा पालक किसानलाई कर्जा दिलाउने आश्वासनमा बैंक प्रबन्धकले भारू ३९ हजार (६२ हजार ४ सय नेपाली रूपैयाँ) बराबरको कुखुराको मासु खाई दिएका छन् ।

मस्तुरी गाउँका ती पीडित किसानका अनुसार कुखुराको मासु मात्र नखाएर कर्जा रकमको १० प्रतिशत कमिशन समेत लिए पनि बैंक प्रबन्धकले कर्जा स्वीकृत गरि दिएनन् । कर्जा स्वीकृत नभएपछि ती किसानले आमरण अनशन बस्ने चेतावनी दिएको स्थानीय अखबार नयाँ दुनियाँले लेखेको छ।

Esewa
Crest

अखबारका अनुासर बिलासपुर जिल्लाको मस्तुरी गाउँका किसान रुपचन्द मनहरले आफ्नो पोल्ट्री व्यवसाय विस्तारका लागि स्टेट बैंक अफ इन्डिया (एसबीआई) शाखाबाट ऋण लिने योजना बनाएका थिए । तर उनले बैंक कर्जा लिएर आफ्नो फार्ममा कुखुरा थप्नुको सट्टा बैंक प्रबन्धकले फार्मको कुखुरा नै रित्याइ दिने कल्पना समेत गरेका थिएनन् ।

ती किसानका अनुसार उनले कुखुरा बेचेर दुई महिनामा कमिशनवापतको १० प्रतिशत रकम समेत बैंक प्रबन्धकलाई दिएका थिए । कमिशन रकम पाइ सकेपछि बैंक प्रबन्धकले ऋण स्वीकृत गर्न हरेक शनिबार लोकल कुखुरा मागे र झण्डै ३८ हजार ९ सय भारू बराबरको कुखुराको मासु खाई दिएको पीडित मनहरले पत्रकारलाई सुनाएका छन् ।

कुनै उपाय नलागेपछि पीडित किसानले उप-विभागीय मजिस्ट्रेट (एसडीएम) कार्यालयमा उजुरी गरेको नयाँ दुनियाले उल्लेख गरेको छ। उनले बैंक प्रबन्धकलाई कारवाही र लोकल मुर्गा किन्न खर्च गरेको रकम फिर्ता गर्न माग गरेका छन् । अधिकारीहरूले कारवाही नगरे किसानले आफ्नो ज्यान लिने धम्की दिए। उनले आफ्नो माग पूरा नभए अनशन बस्ने धम्की दिए र मस्तुरीस्थित एसबीआई शाखा अगाडि आत्मदाह गर्ने धम्की समेत दिएको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS