IME Life New

विश्वकै ठूलो बैंकिङ फ्रडः भियतनामी प्रपर्टी टाइकुनले मृत्युदण्डविरुद्ध दिएको अपिल खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भियतनामी प्रपर्टी टाइकुन ट्रो मी ल्यानले विश्वकै ठूलो बैंकिङ फ्रडको मुद्दामा सुनाइएको मृत्युदण्डविरुद्धको अपिल खारेज भएको छ। अदालतले ल्यानको मृत्युदण्डलाई कम गर्ने कुनै आधार नभएको जनाउँदा अपिल खारेज गरेको हो।

६८ वर्षीया ल्यान अहिले आफ्नो जीवनरक्षाका लागि लड्दै छिन्। किनकि भियतनामको कानुनअनुसार उनले ठगीको ७५ प्रतिशत रकम फिर्ता गरेमा मृत्युदण्डलाई जन्मकैदमा परिणत गर्न सकिन्छ।

Esewa
Crest

अप्रिलमा ल्यानले भियतनामको पाँचौँ ठूलो ऋणदाता साइगन कमर्सियल बैंकलाई गोप्य रुपमा नियन्त्रण गरेको र शेल कम्पनीहरुको नेटवर्कमार्फत १० वर्षभन्दा बढी अवधिमा ४४ अर्ब डलर ऋण र नगद उठाएको पत्ता लगाएको थियो। अभियोजकहरुले २७ अर्ब डलर दुरुपयोग भएको र १२ अर्ब डलर घोटाला भएको दाबी गरेका थिए। जुन सबैभन्दा गम्भीर आर्थिक अपराध हो। जसका लागि ल्यानलाई मृत्युदण्ड दिइएको थियो। यो एक दुर्लभ र स्तब्ध निर्णय थियो। उनी भियतनामका केही महिलामध्ये एक हुन्, जसलाई यस प्रकारको अपराधका लागि मृत्युदण्ड दिइएको छ।

यदि ल्यानले ९ अर्ब डलर फिर्ता गरिन् भने मृत्युदण्डको सजायबाट बच्न सक्छिन्। यो उनको अन्तिम अपिल होइन र उनी अझै पनि माफीको लागि निवेदन गर्न सक्छिन्।

ल्यान कहिलेकाहीँ अदालतमा उपस्थित हुँदा निडर देखिन्थिन्। तर, मंगलबारको सुनुवाइमा उनी बढी निराश देखिइन्। राज्यलाई यसरी बर्बाद गर्दा आफूलाई लाज लागेको र आफूले लिएको कुरा फिर्ता गर्नेमात्रै सोच रहेको उनले बताइन्।

हो ची मिन्ह सहरमा चिनियाँ–भियतनामी परिवारमा जन्मिएकी ल्यानले आफ्नी आमासँग कस्मेटिक उत्पादनहरु बेचेर बजारमा स्टल स्थापना गरेर आफ्नो करिअर सुरु गरेकी थिइन्। सन् १९८६ मा कम्युनिस्ट पार्टीले आर्थिक सुधार लागू गरेपछि उनले घर–जग्गा खरिद–बिक्री गर्न थाले । सन् १९९० को दशकमा उनीसँग होटल र रेस्टुरेन्टहरुको ठूलो पोर्टफोलियो थियो।

अप्रिलमा दोषी पाइएपछि सजाय सुनाइँदा ल्यान आफ्नो मुख्य रियल स्टेट कम्पनी भान थिन्ह फ्याट ग्रुपकी अध्यक्ष थिइन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS