IME Life New

‘एनएमबि सरल बचत फन्ड-इ’ मा अधिकतम लगानीको सीमा कायम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनएमबि सरल बचत फन्ड–इ’मा अधिकतम लगानीको सीमा कायम गरिएको छ।

योजना व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिले कुनै एक इकाइधनीले कारोबार दिन वा सत्रमा यस योजनाको इकाइ खरिद गर्दा अधिकतम लगानीको सीमा २० लाख रुपैयाँ रहने निर्णय गरेको छ। उक्त रकमले कारोबार गर्दा लागू हुने सबै शुल्क समावेश गरिएको रकमलाई बुझाउनेछ। यद्यपि यो अधिकतम सीमा सिस्टमेटिक विथड्रल प्लान र डेभिडेन्ड रिइन्भेस्मेन्ट प्लानमार्फत गरिएको लगानी लागू नहुने क्यापिटलले जनाएको छ।

Esewa
Crest

यसैगरी कुनै एक इकाइधनीले लगानी गर्न सक्ने अधिकतम इकाइ, योजनाको अघिल्लो दिनमा कायम गरेको कुल इकाइ ०.५ प्रतिशत हुने व्यवस्था पनि क्यापिटलले गरेको छ। यद्यपि अतिरिक्त लगानी बिना कुनै इकाइधनीको इकाइ स्वामित्व उल्लेखित सीमाभन्दा बढी हुन गएमा माथि उल्लेखित सीमा सो इकाइधनीलाई लागू नहुने क्यापिटलले जनाएको छ। साथै माथि उल्लेखित सीमा बीज पुँजी लगानीकर्तामा लागू नहुने पनि क्यापिटलले स्पष्ट पारेको छ।

यी दुवै व्यवस्था आउँदो पुस १ गतेबाट लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS