IME Life New

पर्याप्त पुँजी र कसिलो अन्डरराइटिङले जीवन बीमकले सोल्भेन्सी अनुपात सुधार्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा सुपरिवेक्षकको अन्तर्राष्ट्रिय संघ (आईएआईएस) ले ग्लोबल इन्स्योरेन्स मार्केट रिपोर्ट २०२४ (वैश्विक बीमा बजार प्रतिवेदन) मार्फत जीवन बीमकले बलियो पुँजी भण्डार र प्रभावकारी जोखिम व्यवस्थापनमार्फत आफ्नो सोल्भेन्सी अनुपात कायम राख्न वा सुधार गर्न सक्ने अनुमान गरेको छ।

सन् २०२३ को बीमा कारोबारका आधारमा तयार पारिएको प्रतिवेदनमा निर्जीवन बीमकले कसिलो जोखिमांकन र लगानी प्रतिफल समर्थनमा स्थिर सोल्भेन्सी अनुपात कायम राख्ने अपेक्षा गरिएको छ। भूराजनीतिक तनावले विश्वव्यापी आर्थिक परिदृश्यमा जोखिम निम्त्याउन सक्ने चेतावनीसमेत दिइएको छ। डिजिटलाइजेसन र कृत्रिम बुद्धिमत्ताले फाइदा पुर्याए पनि यसले धुमिलता र साइबर जोखिम पनि बढाउने सम्भावना छ।

Esewa
Crest

प्रतिवेदनमा भनिएको छ, ‘जलवायुसम्बन्धी जोखिम समाधानका लागि विश्वभरका सुपरिवेक्षक सदस्य प्रतिष्ठान र प्रमुख बीमा समूहसँगको सहकार्यमा जलवायुसम्बन्धी जोखिम समाधानका लागि रणनीतिगत रुपमा पहल गरिरहेको छ।’

संघले जलवायुसम्बन्धी जोखिमहरु समाधान गर्न आफ्ना सदस्यहरु र बीमकबाट प्राप्त गुणात्मक र मात्रात्मक तथ्यांकको विश्लेषण र सुझाव समेटिएको छ। प्रतिवेदनका मुख्य बुँदाहरु यस प्रकार छन्ः

१. जलवायु जोखिम तथ्यांक संकलन

जोखिम मूल्यांकनका लागि विस्तृत र सही तथ्यांक (जस्तै– भौगोलिक स्थान, क्षेत्रीय र जलवायूसम्बन्धी) आवश्यक हुन्छ। तर, संघका सदस्यहरुमध्ये ठूलो संख्याले (२६ मध्ये ११) हाल यस्ता तथ्यांक संकलन गरेका छैनन्। तथ्यांक संकलन प्रक्रिया सुधार गर्न प्रयास भइरहेको छ। संघले सन् २०२५ सम्ममा सदस्य सुपरिवेक्षकका लागि मेट्रिक्स र सूचकहरुसम्बन्धी विस्तृत मार्गनिर्देश उपलब्ध गराउने योजना बनाएको छ।

२. जलवायु जोखिम मूल्यांकन परिदृश्य

अधिकांश सुपरिवेक्षकहरुले (२६ मध्ये २०) परिदृश्य विश्लेषण, सचेतना वृद्धि र नियामक दिशानिर्देशहरुजस्ता उपाय अपनाएका छन्। यद्यपि, ११ मात्रले यी जोखिमलाई सुपरिवेक्षकीय जोखिम मूल्यांकनमा समावेश गरेका छन्। बीमकको ठूलो हिस्सा (६८%) ले रणनीति निर्धारणका लागि परिदृश्य विश्लेषण प्रयोग गरेका छन् तर भविष्यमुखी मूल्यांकन अझै अभाव रहेको छ।

३.सङ्क्रमणकालीन योजना

सुपरिवेक्षक र बीमकहरुले संक्रमण योजना महत्त्वपूर्ण ठानिरहेका छन्। सुपरिवेक्षकहरुमा २५ मध्ये १३ सदस्यले बीमकले पहिले नै रणनीतिहरु तयार पारेको बताएका छन् र थप १० ले यसमा काम गर्दैछन्। बीमकहरुको ५८% ले बोर्डबाट स्वीकृत योजना निर्माण गरेका छन् वा गर्दैछन्।

४.बीमकले देखाएको प्रमुख चुनौती

तथ्यांक उपलब्धता, विवरण र विश्वसनीयता विशेषगरी तेस्रो–पक्ष सम्पत्ति प्रबन्धकहरुको सन्दर्भमा प्रमुख चुनौती बनेका छन्। मोडेलहरुको अनिश्चितता, सीमित विशेषज्ञता, असंगत कानुन र स्पष्ट दिशानिर्देशको अभावले जलवायु जोखिम मूल्यांकनमा समस्या थपेका छन्।

संघले पर्यवेक्षक र बीमकलाई जलवायु जोखिम प्रभावकारी रुपमा समाधान गर्न पर्यवेक्षकीय प्रतिवेदन, तथ्यांक संकलन र स्पष्ट दिशानिर्देशमा जोड दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS