IME Life New

बीमा क्षेत्रको सम्बर्द्धनका लागि पहिलो अन्तर्राष्ट्रिय बीमा पूँजी मापदण्ड स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण अफ्रिकाको केप टाउनमा डिसेम्बर पहिलो साता सम्पन्न अन्तर्राष्ट्रिय बीमा पर्यवेक्षक संघको साधारण सभाले बीमा उद्योको लागि पहिलो समग्र वैश्विक पूँजी मापदण्ड, इन्स्योरेन्स क्यापिटल स्ट्यान्डर्ड (आइसिएस), र पर्यवेक्षणको वैश्विक ढाँचाका प्रमुख अद्यावधिकहरू स्वीकृत गरेको छ।

संघका अनुसार यी प्रयासहरूले बीमा क्षेत्रको स्थायित्व सुदृढ गर्न र विश्वव्यापी वित्तीय स्थिरतालाई बलियो बनाउन लक्ष्य राखेका छन्। यो स्वीकृत मापदण्डले अन्तर्राष्ट्रिय सक्रिय बीमा समूहहरूका लागि जोखिम-आधारित पूँजी पर्याप्तताको मापन प्रदान गर्नेछ। यसले वित्तीय सुदृढता र पर्यवेक्षणीय हस्तक्षेपको लागि मापदण्डको रूपमा कार्य गर्नेछ। यो मापदण्ड विकासका लागि दश वर्ष लामो प्रयास गरिएको थियो, जसमा परीक्षण, परामर्श र अनुगमन समावेश थियो भन्दै संघले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

Esewa
Crest

संघले इन्स्योरेन्स कोर प्रिन्सिपल्स (बीमाको आधारभूत सिद्धान्त)कमन फ्रेमवर्क (साझा ढाँचा) मा समेत सुधार गरेको छ, जसमा जलवायू परिवर्तन, प्रणालीगत जोखिम, र मूल्याङ्कन विधिहरूजस्ता उदाउँदा जोखिमलाई सम्बोधन गर्ने उद्देश्य राखिएको छ। यी अद्यावधिकहरूले तरलता, पुनःस्थापन, समाधान र जोखिम व्यवस्थापन अभ्यासमा मार्गनिर्देशनलाई बलियो बनाएका छन्।

संघका सदस्यहरूले २०२५ देखि यी मापदण्डहरूको कार्यान्वयन शुरू गर्ने प्रतिबद्धता जनाएका छन्। यी कदमहरूले बीमा क्षेत्रलाई स्थिर र लचिलो बनाउन, बीमित व्यक्तिहरूको सुरक्षामा सुधार गर्न र विश्वव्यापी चुनौतीहरूको सामना गर्न सक्षम बनाउने संघको अपेक्षा छ।

संघको कार्यकारी समिति अध्यक्ष शिगेरू अरिइजुमीले यसलाई “वैश्विक बीमा पर्यवेक्षणको लागि महत्वपूर्ण क्षण” भनेर उल्लेख गर्दै यसका मापदण्डहरूले बीमा क्षेत्रलाई अझ सुदृढ र दिगो बनाउनेमा विश्वास व्यक्त गरे।

साधारण सभामा नेपालबाट बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र निर्देशक सुशिल सुवेदी सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS