IME Life New

निद्रामा भयो सुपर ब्लन्डर, बैंकबाट पौने ३१ अर्ब ट्रान्सफर, अनि के भयो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जर्मनीको एउटा बैंकमा करिब एक दशकअघि भएको अनौठो घटनाको अहिले निकै चर्चा भइरहेको छ। विशेषगरी यो घटनाले अनलाइन बहस चुलिएको छ।

घटना सन् २०१२ को हो। एउटा बैंकमा कामले थकित भएका एक कर्मचारी कम्प्युटरको कीबोर्डमा औँला राखेर निदाए। त्यतिबेला उनी ६४.२० युरो ग्राहकको खातामा ट्रान्सफर गर्दै थिए। अचानक निद्रामा परेका उनको औँलाले २२२ मिलियन युरो (नेरु करिब ३१ अर्ब ७५ करोड) थिचिएर ट्रान्सफर भयो। तर, अर्का एक कर्मचारीले तुरुन्त थाहा पाए अनि ट्रान्सफर प्रक्रिया रोके।

Esewa
Crest

हाल यो विषयमा निकै चर्चा चलिरहेको छ। ती कर्मचारीका सुपरभाइजरले पनि गल्तीले यो ट्रान्सफर मन्जुरी दिएका थिए। बैंकले पछि ती सुपरभाइजरलाई जागिरबाट बर्खास्त गर्यो। त्यसपछि कानुनी लडाइँ सुरु भयो। अदालतले धेरै काम हेर्नुपर्ने भएकोले गल्तीले यस्तो भएको हुन सक्ने भन्दै ती सुपरभाइजर जागिरमा पुनर्स्थापना गर्न बैंकलाई निर्देशन दियो।

यो घटना जर्मनीको हेस्से राज्यको हो। त्यहाँको लेबर कोर्टले सुपरभाइजरलाई जागिरबाट निकाल्न नमिल्ने आदेश दिएको हो। वकिलहरुले दैनिक सयौँ कारोबार हेर्नुपर्ने भएकोले यो गल्ती भएको हुन सक्ने दलील पेस गरेका थिए। त्यो दिन पनि ती सुपरभाइजरले ८१२ वटा फाइल हेरेका थिए। त्यसैले उनले जानी–जानी गल्ती गरेका थिएनन्।

यो घटनाले बैंकहरुको कमजोरीहरु रहेको प्रस्ट देखिएको अनलाइन बहसमा उत्रिएकाहरुले निष्कर्ष निकालेका छन्। उनीहरुले यस्ता गल्ती रोक्नका लागि उन्नति प्रविधि प्रयोग गरेर उच्च सुरक्षा उपाय अपनाउनुपर्ने सुझाव दिएका छन्। भरपर्दो प्रविधिको प्रयोग गरेको खण्डमा मानिसबाट हुने गल्तीलाई कम गर्न सकिने पनि उनीहरुको भनाइ छ। यस्ता उपाय अपनाएमा ग्राहकको पैसा सुरक्षित रहने र कर्मचारीलाई कामको चाप पनि कम हुने बहसमा सहभागीहरुको मत छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS