IME Life New

चीनको यो कदमले अमेरिकालाई हुन सक्छ अर्बौंको नोक्सानी, अब के गर्छन् ट्रम्प ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पदभार ग्रहण गरेलगत्तै चिनियाँ सामानमा १० प्रतिशत अतिरिक्त आयात शुल्क लगाउने घोषणा गरेका थिए। तर, त्यसअघि नै चीनले अमेरिकालाई ठूलो झट्का दिएको छ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रले केही दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको छ। यी धातु स्मार्टफोन, विद्युतीय सवारीसाधन, राडार र सीटी स्क्यानरजस्ता चीजमा प्रयोग गरिन्छ। अमेरिकाले चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउने तयारी गरेपछि चीनको यो कदम आएको हो।

Esewa
Crest

यतिमात्र होइन चीनको यो कदमलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि चुनौतीका रुपमा पनि हेरिएको छ। ट्रम्पले चिनियाँ सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका थिए। ट्रम्पले पदभार ग्रहण गरेपछि दुई देशबीचको तनाव अझै बढ्न सक्ने अनुमान गरिएको छ।

चीनले तीन प्रमुख दुर्लभ धातु ग्यालियम, जर्मेनियम र एन्टिमोनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। ग्यालियम (परमाणु संख्या ३१) एक नरम, चाँदी–सेतो धातु हो जुन एल्युमिनियमजस्तै हो। जुन कोठाको तापक्रमभन्दा अलि माथि पग्लिन्छ। जर्मेनियम (परमाणु संख्या ३२) एउटा खैरो–सेतो धातु (अर्थात् अर्धधातु) हो। एन्टिमोनी (परमाणु नम्बर ५१) कडा चाँदीको धातु हो।

आजकल यी धातु अमेरिकामा धेरै महत्त्वपूर्ण मानिन्छ। तिनीहरु रक्षा र प्रविधि उत्पादनहरुमा प्रयोग गरिन्छ। ग्यालियम, जर्मेनियम र एन्टिमोनीले आज संसारमा महत्त्वपूर्ण स्थान ओगटेका छन् किनकि तिनीहरु प्रायः कम्प्युटर, रक्षा र नवीकरणीय ऊर्जा प्रविधिहरुमा प्रयोग गरिन्छ। अन्य धेरै प्रकारका खनिजबाहेक यी दुर्लभ खनिज अर्धचालक बनाउन प्रयोग गरिन्छ।

एपी रिपोर्टका अनुसार चीन यी अधिकांश धातुहरुको सबैभन्दा ठूलो स्रोत हो र ती धातुहरुलाई परिष्कृत गर्नमा पनि अग्रणी छ। जुन दुवै उपभोग्य वस्तुहरु र सैन्य उद्देश्यका लागि प्रयोग गरिन्छ। चिनियाँ निर्यात नियन्त्रणको अधीनमा रहेका सामग्रीहरु संयुक्त राज्य भूगर्भ सर्वेक्षणले ‘महत्वपूर्ण खनिजहरु’ का रुपमा तोकेका ५० मध्ये पर्छन्।

भर्खरको यूएसजीएस अध्ययनले अनुमान गरेको छ कि ग्यालियम र जर्मेनियमको आपूर्तिमा मात्र अवरोधले अमेरिकी अर्थतन्त्रमा ३ अर्बभन्दा बढीको कुल घाटा हुन सक्छ। तर, स्थिति जटिल छ। चीनले जुलाई २०२३ मा दुवै धातुको निर्यातमा इजाजतपत्र आवश्यकताहरु लागू गरेको थियो। चिनियाँ भन्सारको तथ्यांकअनुसार यो वर्ष अमेरिकामा कुनै पनि निर्यात नगरेको छ। एन्टिमोनीको निर्यात पनि घटेको छ।

राष्ट्रपति ट्रम्पले बेइजिङविरुद्ध व्यापार युद्ध सुरु गरेदेखि नै यो समयसँगै बढ्दै गएको छ। चीनले उन्नत प्रविधिको पहुँचमा अमेरिकी सीमितताहरुको जबाफ दिन सतर्क दृष्टिकोण अपनाएको छ। यस्तो अवस्थामा ट्रम्पले पदभार ग्रहण गरेपछि चीनमा करवृद्धि गर्ने कि गर्दैनन्, त्यो हेर्न बाँकी छ। तर, केही विज्ञहरुले ट्रम्पका लागि कर वृद्धि गर्न सम्भव नभएको विश्वास गर्छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS