IME Life New

बीमाको ५० लाख पाउन दाजुको हत्या, यसरी पर्दाफास भयो भाइको कर्तुत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको कर्नाटकको बेलगावीमा एक युवकले बीमाको पैसा पाउन आफ्नै दाजुको हत्या गरेको घटना सार्वजनिक भएको छ।

घटना नोभेम्बर ७ को हो। कर्नाटकको मुड्लागी तालुकको कल्लोल गाउँको बाहिरी इलाकामा एक व्यक्तिको हत्या भएपछि ठूलै आतंक मच्चिएको थियो। मृत्यु हुनेमा कल्लोल गाउँका ३५ वर्षीय हनुमन्त गोपाल तलवाड रहेका छन्।

Esewa
Crest

घटनामा संलग्न रहेको आंशकमा प्रहरीले गत बुधबार ४ जनालाई पक्राउ गरेको थियो। प्रहरीले मृतकका भाइ बसवराज तलवार, उनका साथी बापु शेख, इराप्पा हादगिनाल र सचिन कण्ठनवारलाई पक्राउ गरेको हो।

पक्राउ परेका सबै कल्लोलीका बासिन्दा रहेको प्रहरीले जनाएको छ। हनुमन्तको नाममा ५० लाखको जीवन बीमा पोलिसी थियो। पोलिसीमा उनका भाइ बसवराज हकदार राखिएको थियो। त्यो पैसा हडप्नका लागि बसवराजले आफ्ना साथीहरुसँग मिलेर एक महिनाअघि दाजु हनुमन्तको हत्या गर्ने योजना बनाएका थिए। योजनाअनुसार गिरोहका सदस्यले हनुमन्तलाई गाउँको बाहिरी इलाकामा लगे। त्यसपछि अचानक टाउकोमा रडले प्रहार गरी हत्या गरे।

एसपी भीमाशंकर गुलेदले छैटौं दिन शव कुहिएको अवस्थामा फेला परेकोले पहिचान गर्न असम्भव बनेको बताए। ‘प्रहरीलाई भ्रममा पार्न अभियुक्तले शवलाई माटोमा गाडेका थिए र त्यसमा काठका काठ छाडेका थिए’, गुलेदले भने, ‘त्यस स्थानबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान हुन नसकेपछि अप्राकृतिक मृत्यु भएको भन्दै मुद्दा दर्ता गरी अनुसन्धान थाल्यौँ।’

शव फेला परेको ३ दिनपछि पहिचान खुलेको एसपी गुलेदले बताए। ‘अनुसन्धान थालेपछि बसवराजसहित ४ जना युवक घटनापछि केही दिनदेखि फरार रहेको पाइएको थियो’, उनले भने, ‘उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आफ्नो अपराध स्वीकार गरेका छन्।’

मुख्य अभियुक्त बसवराजले घटनामा संलग्न एक युवकलाई ८ लाख र अन्य दुईजनालाई ५ लाख रुपैयाँ दिने वाचा गरेको एसपी गुलेदले बताए। उनले भने, ‘केही वर्षअघि काकाको मृत्युपछि उनका काकाले बीमाको पैसा पाएकाले आरोपितले यस्तो योजना बनाएको पाइयो।’

बसवराजले पनि दाजुको हत्या गरेर बीमाको पैसा लिन खोजेका थिए। तर, बीमाको पैसा हत्याउन उनी असफल भएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS