IME Life
GBIME

बैंकहरुको मुद्दति निक्षेपमा रु. ४.३७ अर्ब लगानी गर्दै राष्ट्र बैंक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुमा ४ अर्ब ३७ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी बैंकहरुको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब रुपैयाँ र कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब ३७ करोड रुपैयाँ गरी कुल ४ अर्ब ३७ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।

Crest

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ३ अर्ब ४९ करोड ६० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६५ करोड ५५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २१ करोड ८५ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले मंसिर २३ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ पुस २ देखि २०८२ पुस २ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS