IME Life New

चीनमा भेटियो नयाँ प्रजातिका मानिसको जीवाश्म, टाउको ठूलो अनि बुद्धिमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनमा ठूलो टाउको भएको मानिसको नयाँ प्रजाति फेला परेको छ। यो प्रजातिको नाम होमो जुलुएन्सिस अर्थात ठूलो टाउको हो। यो प्रजाति चीनमा ३ लाखदेखि ५० हजार वर्षसम्म रहेको थियो। हामी होमो सेपियन्सबाट विकसित भएका छौँ। जसको विकास करिब ३ लाख वर्षपहिले भएको थियो। अफ्रिका, युरोप र एसियामा द्रुत रुपमा फैलियो। तर, चीनमा पाइने प्रजाति के हो ?

के यी होमिनिनहरु आधुनिक मानवको आगमन अघिका हुन्? जुन ७ देखि ३ लाख वर्षपहिले पृथ्वीमा रहेको थियो। ४ लाख वर्ष पृथ्वीमा शासन गरे। त्यतिबेला संसारका विभिन्न कुनामा मानिसका विभिन्न प्रजाति थिए। जस्तै युरोपमा होमो हेडेलबर्गेन्सिस र मध्य चीनमा होमो लोन्गी। उनीहरुको जीवाश्म फेला परेको छ। त्यसकारण तिनीहरुको अध्ययन गरेर वैज्ञानिकहरुले पुष्टि गर्छन् कि त्यस समयमा पनि पुरातन मानिसका धेरै प्रजाति थिए।

Esewa
Crest

चीनमा भर्खरै पुष्टि भएको प्रजातिलाई वैज्ञानिकहरुले पुरातन होमो सेपियन्स पनि भनेका छन् वा मध्य प्लेइस्टोसिन होमो पनि भनिन्छ। यसको मतलब समग्रमा तिनीहरु मध्यअवधिका हुन्।

हवाई विश्वविद्यालयका मानवशास्त्री क्रिस्टोफर बे र चाइनिज एकेडेमी अफ साइन्सेसको इन्स्टिच्युट अफ भेर्टेब्रेटका जीउजी वुले मानिसको यो नयाँ प्रजाति पत्ता लगाएका छन्। वैज्ञानिकहरुको अध्ययन यस वर्ष प्यालियोएनथ्रोपोलजी जर्नलमा प्रकाशित भएको थियो। जसमा उत्तरी चीनमा विभिन्न प्रकारका मानिसका जीवाश्महरु भेटिएको उल्लेख छ। कंकालको खोपडी धेरै ठूलो र चौडा थियो। निएन्डरथल मानिसहरुजस्तै थिए। तर, तिनीहरु र डेनिसोभन प्रजातिहरुबीच केही सामान्य कुराहरु थिए।

जब यी जीवाश्महरु अध्ययन गरियो तब यो पत्ता लाग्यो कि यी बुद्धिमान पुरातन मानव थिए। जुन करिब ३ लाख देखि ५० हजार वर्षपहिले अस्तित्वमा थियो। अहिले यो अध्ययन नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित भएको छ। तिनीहरुको जीवाश्म चीनको शुचाङ र शुजियायोमा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS