IME Life New

ज्योति विकास बैंकका ग्राहकले इ-रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्टमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंस्थित इ -रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्टमा आफ्ना ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण, काठमाडौँको न्युरोडमा रहेको यो रेस्टुरेन्टले ग्राहकहरूको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ।

Esewa
Crest

हालै बैंकले काठमाडौँस्थित अचार घर, नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार र र महोत्सव एन्ड बारमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात स्वेच्छा ट्रेडर्समा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

बैंकले अन्नपूर्ण केबल कारमा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्यसहित ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दैआएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS