IME Life New

राष्ट्र बैंकको बोर्ड बैठक सुरु, मौद्रिक समीक्षा मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज शुक्रबार आउने भएको छ।

राष्ट्र बैंकले वार्षिक मौद्रिक नीतिपछि त्रैमासिक र अर्धवार्षिक समीक्षा पनि ल्याउने गर्छ। त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ। त्यसैले केन्द्रीय बैंकले आज समीक्षा ल्याउन लागेको हो।

Esewa
Crest

मौद्रिक समीक्षा ल्याउन राष्ट्र बैंकको बोर्ड (सञ्चालक समिति)को बैठक साढे ८ बजेबाट सुरु भएको छ। बैठकमा मौद्रिक समीक्षामाथि छलफल हुनेछ। त्यसपछि आजै समीक्षा सार्वजनिक गरिनेछ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षा तयार पारेर बुधबार व्यवस्थापन समितिमा पठाएको थियो। व्यवस्थापन समितिमा पनि समीक्षाबारे छलफल भएपछि सञ्चालक समितिमा पठाइएको थियो।

अहिले अर्थतन्त्र पनि सकारात्मक नै आउन सक्ने जानकारहरु बताउँछन्। बैंकमा तरलता थुप्रिँदै गएको र कर्जा प्रवाहले गति लिन नसकेकोले तरलता व्यवस्थापनका लागि पनि थप केही सहज व्यवस्था आउन सक्ने उनीहरुको भनाइ छ।

शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको सीमा हट्नुपर्ने र कर्जामा लगाइएको जोखिमभार १०० प्रतिशतमा झार्नुपर्ने लगानीकर्ताको माग छ। यो माग पनि मौद्रिक समीक्षामार्फत सम्बोधन हुने अपेक्षा लगानीकर्ताहरुको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS