IME Life New

यी हुन् विश्वका शक्तिशाली १० देश, कुनसँग कति सैनिक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संसारको कुनै पनि देशको शक्ति उसको सेनाले मापन गर्छ। ग्लोबल फायर पावर इन्डेक्सले हरेक वर्ष विश्वका शक्तिशाली देशहरुको सूची सार्वजनिक गर्छ। यसमा सैन्य शक्तिसँगै आर्थिक अवस्थालाई पनि हेरिएको छ। जसले गर्दा देश युद्ध लड्न सक्षम छ कि छैन भनेर थाहा पाउन सकिन्छ।

ग्लोबल फायर पावर इन्डेक्सका अनुसार अमेरिका सबैभन्दा शक्तिशाली देश हो। रक्षा प्रविधिसँगै यसमा कुल २१ लाख २७ हजार ५०० सैनिक छन्। जसमध्ये १३ लाख २८ हजार सक्रिय छन्।

Esewa
Crest

रुस विश्वको दोस्रो ठूलो सैन्य शक्ति हो। पछिल्लो साढे २ वर्षदेखि युक्रेनसँग युद्ध लडिरहेको तथ्यबाट यसको अनुमान लगाउन सकिन्छ।

ग्लोबल फायर पावर इन्डेक्सका अनुसार चीन सैन्य शक्तिको हिसाबले विश्वको तेस्रो ठूलो शक्ति हो। यसमा २० लाखभन्दा बढी सक्रिय सैनिक छन्।

भारत यस संसारको चौथो ठूलो महाशक्ति हो। भारतले आफ्ना दुई प्रतिद्वन्द्वी चीन र पाकिस्तानसँग सीमा जोडेको छ। यस्तो अवस्थामा ठूलो सैन्यबल आवश्यक छ। भारतीय सेनामा १४ लाख ५५ हजार सैनिक छन्। जब कि भारतमा कुल ५१ लाख ३७ हजार ५५० सुरक्षाकर्मी छन्।

दक्षिण कोरिया विश्वको पाँचौँ ठूलो सैन्य शक्ति हो। उत्तर कोरियासँगको शत्रूताका कारण यो देशले ठूलो संख्यामा सेना भर्ती गरेको छ।
विश्वको छैटौँ शक्तिशाली राष्ट्र बेलायत हो। यो देशमा १ लाख ८४ हजार ८६० सैनिक रहेका छन्।

जापान विश्वको सबैभन्दा साक्षर र प्राविधिक रुपमा उन्नत राष्ट्रहरुमध्ये एक हो। यसको सैन्य शक्ति विश्वमा सातौँ स्थानमा छ। यसलाई अमेरिकाबाट ठूलो मात्रामा समर्थन प्राप्त भएको छ।

युरोप र एसियाको प्रवेशद्वार भनेर चिनिने टर्कीसँग विश्वको आठौँ ठूलो सैन्य शक्ति छ। यो नाटो गठबन्धनको दोस्रो ठूलो सेना हो।

पाकिस्तान विश्वको नवौँ ठूलो सैन्यशक्ति हो। यसको सेनामा ६ लाख ५४ लाख सैनिक छन्। आणविक हतियार भएको एकमात्र इस्लामिक देश पाकिस्तान हो।

इटालीसँग ४०४ हेलिकप्टर छन्। जसमध्ये ५८ वटा आक्रमणका लागि प्रयोग गरिन्छ। सानो देश भए पनि इटालीसँग ठूलो संख्या सेना छ। जसले यसलाई विश्वको १०औँ ठूलो सैन्यशक्ति बनाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS