IME Life New

भारत र चीनबाट पैसा निकालेर अमेरिकी बजारमा हाल्दै लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेका छन्। यसअघि पनि अमेरिकी शेयर बजारका लागि राम्रा दिन आउन थालेका छन्।

लगानीकर्ताले चीन, भारत, ताइवान र दक्षिण कोरियाबाट पैसा निकालेर अमेरिकामा लगानी गरिरहेका छन्। यो वर्ष अहिलेसम्म अमेरिकी शेयर बजारमा कुल ४४८ अर्ब डलर लगानी भएको छ। जुन अहिलेसम्मकै उच्च हो। यो सन् २०२२ र २०२३ को कुल लगानीको झन्डै दोब्बर हो।

Esewa
Crest

अमेरिकी बजारमा विदेशी सहभागिता पनि ६० प्रतिशतको रेकर्ड स्तरमा बढेको छ। एसएन्डपी ५०० सूचकांक यस वर्ष ५१ पटक अलटाइम हाईमा पुगेको छ।

यसैबीच ब्रोकरेज फर्म इलारा क्यापिटलका अनुसार विदेशी लगानीकर्ताले भारतीय बजारबाट निकालेको पैसा अमेरिका जाँदैछ। पछिल्लो ३ हप्तामा अमेरिकी बजारमा चीन, भारत, ताइवान र दक्षिण कोरियाबाट लगानी आएको छ। विश्वका अधिकांश मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर भएका छन्।

ब्रोकरेजले जनवरी २०१८ पछि पहिलो पटक जापानबाट भारततर्फको खुद्रा प्रवाह नकारात्मक भएको जनाएको छ। गत हप्ता इन्डिया–डेडिकेटेड फन्डमा ३०.२ करोड डलरको बहिर्गमन भएको थियो। जुन सन् २०२२ पछिको उच्च हो। यसैबीच अमेरिकामा जापानको इनफ्लो बलियो भएको छ।

ट्रम्प राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पछिल्लो ३ हप्तामा अमेरिकामा ११० अर्ब डलरको लगानी आएको छ। एलारा क्यापिटलले आफ्नो नोटमा गत हप्ता अमेरिकामा ५७.६ अर्ब डलरको प्रवाह भएको जनाएको छ। जुन ईपीएफआरको इतिहासमा सबैभन्दा उच्च हो। ईपीएफआर एउटा संस्था हो, जसले फन्ड फ्लोका माध्यमबाट मनी मुभमेन्टमाथि निगरानी गर्दछ। क्यानडा र जापानका फन्ड हाउसेजमा गत हप्ता अमेरिकामा २.६ अर्ब डलर लगानी गरेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS