IME Life New

राष्ट्र बैंकमा मौद्रिक समीक्षाको तयारी तीव्रगतिमा, यही साताभित्र आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा यही साताभित्र ल्याउने भएको छ।

राष्ट्र बैंकले हरेक वर्ष वार्षिक मौद्रिक नीति ल्याउने गर्छ। बैंकले हरेक आर्थिक वर्षको सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनैपर्छ। केन्द्रीय बैंकले हरेक त्रैमासिक र अर्धवार्षिक मौद्रिक समीक्षा पनि ल्याउनुपर्छ। त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ।

Esewa
Crest

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलका अनुसार अहिले आर्थिक अनुसन्धान विभागमा मौद्रिक समीक्षा तयार गर्ने काम भइरहेको छ। ‘विभागले समीक्षा तयार गरेपछि म्यानेजमेन्ट कमिटीमा जान्छ’, उनले भने, ‘त्यहाँबाट सञ्चालक समितिमा पेस हुन्छ।’

समीक्षा यही साताभित्रै आउने पोखरेल बताउँछन्। ‘नियमतः त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा ल्याउनुपर्ने प्रावधान छ’, उनले भने, ‘सोही प्रावधानअनुसार यही साताभित्रै मौद्रिक समीक्षा आउँछ।’

अहिले अर्थतन्त्र पनि सकारात्मक नै आउन सक्ने जानकारहरु बताउँछन्। बैंकमा तरलता थुप्रिँदै गएको र कर्जा प्रवाहले गति लिन नसकेकोले तरलता व्यवस्थापनका लागि पनि थप केही सहज व्यवस्था आउन सक्ने उनीहरुको भनाइ छ।

शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको सीमा हटुन पर्ने र कर्जामा लगाइएको जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने लगानीकर्ताको माग छ। यो माग पनि मौद्रिक समीक्षामार्फत सम्बोधन हुने अपेक्षा लगानीकर्ताहरुको छ।

देशको आर्थिक सूचकहरु सकारात्मक रहेकोले मौद्रिक समीक्षा पनि लचिलो नै आउने राष्ट्र बैंक स्रोत बताउँछ। ‘ठूलै फेरबदल त हुँदैन तर थप लचिलो चाहिँ पक्कै आउँछ’, स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS