IME Life New

गभर्नरभन्दा डेपुटी गभर्नरको भत्ता धेरै, भत्ता र सुविधामै खर्च भयो रु. १ करोड ६३ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८०।८१ मा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीभन्दा डेपुटी गभर्नर नीलम ढुंगाना (तिम्सिना)ले बढी भत्ता बुझेकी छन्।

राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख भएअनुसार गभर्नर अधिकारी १ वर्षमा अन्य भत्ता र सुविधाबापत ४४ लाख ९७ हजार ७१ रुपैयाँ बुझेका छन्। जब कि डेपुटी गभर्नर तिम्सिनाले अन्य भत्ता र सुविधाबापत ४५ लाख ५८ हजार ५२६ रुपैयाँ बुझेकी छन्। अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले अन्य भत्ता र सुविधाबापत ४० लाख ७० हजार ६३७ रुपैयाँ बुझेका छन्।

Esewa
Crest

राष्ट्र बैंकको सञ्चालक समितिमा गभर्नर अधिकारी र डेपुटी गभर्नरद्वय तिम्सिना र मिश्रसहित ९ जना सदस्य छन्। ती सदस्यले वर्षभरि अन्य भत्ता र सुविधाबापत कुल १ करोड ६३ लाख ३५ हजार ५७९ रुपैयाँ बुझेका छन्।

गभर्नर अधिकारीले गत आर्थिक वर्षमा तबलबापत १६ लाख ३२ हजार रुपैयाँ, डेपुटी गभर्नर तिम्सिनाले १४ लाख ६० हजार ४०० रुपैयाँ र अर्का डेपुटी गभर्नर मिश्रले पनि १४ लाख ६० हजार ४०० रुपैयाँ बुझेका छन्।

यसैगरी राष्ट्र बैंकको बोर्ड बैठक भत्ताबापत गत आर्थिक वर्षमा २१ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ। जसमा गभर्नर अधिकारीले ३ लाख ३३ हजार रुपैयाँ, डेपुटी गभर्नरद्वय तिम्सिनाले २ लाख ९७ हजार रुपैयाँ र मिश्रले ३ लाख १५ हजार रुपैयाँ बुझेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS