IME Life New

कर्जाको औसत ब्याजदर ९% को लाइनमा, निक्षेपको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर सस्तिँदै गएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.३३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष असोजमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.११ प्रतिशत रहेको थियो।

Esewa
Crest

यसैगरी चालु आर्थिक वर्षको असोजमा कर्जाको भारित औसत ब्याजदर विकास बैंकहरुको १०.६३ प्रतिशत र वित्त कम्पनीहरुको ११.८६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष असोजमा विकास बैंकहरुको १३.९१ प्रतिशत र वित्त कम्पनीहरुको १४.६१ प्रतिशत रहेको थियो।

तथ्यांकअनुसार २०८१ असोजमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.२९ प्रतिशत, विकास बैंकहरुको ९.१३ प्रतिशत र वित्त कम्पनीहरुको १०.३५ प्रतिशत रहेको छ। २०८० असोजमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.९४ प्रतिशत, विकास बैंकहरुको १२.३० प्रतिशत र वित्त कम्पनीहरुको १३.६५ प्रतिशत रहेको थियो।

२०८१ असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.२४ प्रतिशत, विकास बैंकहरुको ५.९४ प्रतिशत र वित्त कम्पनीहरुको ७.२१ प्रतिशत रहेको छ। २०८० असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.९० प्रतिशत, विकास बैंकहरुको ९.३६ प्रतिशत र वित्त कम्पनीहरुको १०.१९ प्रतिशत कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS