IME Life New

हिमालयन लघुवित्तको अध्यक्षमा नकर्मी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा बिजय मान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको कात्तिक २६ गते सोमबार बसेकोे २३५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने बिजय मान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यस अघि वित्तीय संस्थामा अध्यक्ष रहिसक्नु भएका उनले हिमालयन बैंकबाट बैंकिङ्ग सेवा शुरु गरी करिब ३२ वर्ष देखि बैंकिङ्ग क्षेत्रमा योगदान गर्दै हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् ।

यस वित्तीय संस्थाको संस्थापक सेयरधनी हिमालयन बैंक लिमिटेडको तर्फबाट सुवासन हर्ष बज्राचार्य र सरोज श्रेष्ठ समेत वित्तीय संस्थाको सञ्चालक नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष तथा सञ्चालकहरुको स्वागतका साथै निवर्तमान सञ्चालक सचिन नेवा र आँचल ढकाललाई धन्यवाद ज्ञापन गर्दै विदाई कार्यक्रम समेत गरिएको छ ।

Esewa
Crest

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै रु.९६ करोड बचत संकलन गरी करिब रु.४ अर्ब ३४ करोड लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS