IME Life New

मेरो माइक्रोफाइनान्स १३औँ वर्षमा प्रवेश

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स १२औँ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली ,रणनीति, ग्राहकहरुको अगाध माया, अटुट बिश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यहरुको भरोसा, कर्मचारीको अतुलनिय योगदान तथा शुभचिन्तकहरु प्रति कृतज्ञता प्रकट गर्दै संस्थाको छवि आजको दिनमा आइपुग्दा माइक्रोफाइनान्सहरुमा अब्बल संस्थाको रुपमा पहिचान बनाउन सफल रहेकोमा खुसी ब्यक्त गरे ।

संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय पहुँच पुर्याएको संस्थाले बाह्रौ वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ५० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याउन सफल रहेको छ ।

Crest

त्यसैगरी हालसम्म रु ३ अर्ब ४० करोड बराबर निक्षेप संकलन गरी रु १५ अर्बभन्दा बढी कर्जा लगानी गर्न सफल भएको छ ।

देशका ७ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवर्द्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित संस्थाले ग्राहक सापेक्ष बिभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS